Skip to main content

Purbi Garjan

बाहुण्डाँगी जेसीज वर्ष २०२५ को अध्यक्षमा चम्लागाईं

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज वर्ष २०२५ को अध्यक्ष पदमा नित्यानन्द चम्लगाईं सर्वसम्मत चयन भएका छन् ।

बुधबार जेसीज सचिवालय भवनमा भएको पूर्वअध्यक्षहरु सहितको आम भेलाले चम्लगाईँको नेतृत्वमा वर्ष २०२५ का लागि कार्यसमिति चयन गरेको हो ।

समिति कार्यकारिणी उपाध्यक्षमा रोशन गिरी र किरण गौतम चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा बिमल रणपहेली, रीना दर्जी, एलिस पौडेल तथा प्रविण चापागाईं चयन भए ।

त्यसैगरी महासचिवमा सुष्मा मिश्र, कानुनी सल्लाहकारमा अनिष काफ्ले एवम् कोषाध्यक्षमा डिल्लिराज भारती चयन भएको निर्वाचन समितिका संयोजक हेमन्त मोक्तानले बताए ।

देबु बानियाको अध्यक्षतामा भएको भेलामा पूर्वअध्यक्षहरु बद्री निरौला, दिपक बराल, पुष्कर ढकाल, जीवन मोतेलगायत उपस्थित थिए ।

वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको सभापतित्वमा सम्पन्न भेलाको संचालन निवर्तमान अध्यक्ष तथा निर्वाचन समिति सदस्य केवल निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali