Purbi Garjan

व्यवस्थित बन्दै मेचीनगर, नगर प्रहरीको अब आफ्नै भ्यान

Advertisement

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आफ्ना नगर प्रहरीलाई सवारीसाधन प्रदान गरेको छ । नगर प्रहरीलाई विभित्र कामकाजमा सहजै सेवा प्रदान गर्नका निमित्त नगरले प्रहरी भ्यान उपलब्ध गराएको हो ।

आज बिहीबार विहान नगरपालिका प्राङ्गणमा एक कार्यक्रमका बिच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र प्रशासन प्रमुख अनन्त प्रकाश वस्तीले संयुक्तरुपमा नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख बुढाथोकीले नगर प्रहरी आम जनताको साथि जस्तै भएर हरेक ठाउँमा आवश्यकता अनुसार पुग्नुपर्ने बताए । साथै नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नगरको अहित हुने हरेक क्रियाकलापप्रति चनाखो भएर काम गर्न समेत नगर प्रहरीलाई निर्देशन दिए ।

त्यस्तै उपप्रमुख उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य वस्तुको कृत्रिम अभाव तथा वजार अनुगमनमा समेत नगर प्रहरीको महत्वपूर्ण भूमिका हुने भन्दैं त्यसतर्फ पनि ध्यान दिन निर्देशन दिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरप्रहरीको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउँदै यसले नगरलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने बताए । उक्त कार्यक्रमका सञ्चालक एवम् प्रशासन , योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगर प्रहरीको काम कर्तव्य र अधिकारलाई बुझेर नगरवासीबीच पुग्न र नगर प्रहरी नगरवासीकै हुन् भन्ने सन्देश दिन लाग्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपाले देशको नेतृत्व गर्छ – दिपेश सी

नेकपाले देशको नेतृत्व गर्छ – दिपेश सी

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका किराँत लिम्बूवान प्रदेश कमिटीका इन्चार्ज दिपेश सि ले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्ट...
आजको समाजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको छ – सुमनसिंह सी

आजको समाजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको छ – सुमनसिंह सी

विर्तामोड । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम्  झापा इन्चार्ज सुमनसिंहले आजको समाजको जीवनशिल पक्षको नेत्रित्व नेकपाले ग...
नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको आगामी रणनीति, सांगठनिक गतिविधि र उत्पादनका विषयमा विभिन्न निर...
गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

काठमाडौ। स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाईन बिस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोले उनिहरुलाई अबिलम्...