Skip to main content

Purbi Garjan

व्यवस्थित बन्दै मेचीनगर, नगर प्रहरीको अब आफ्नै भ्यान

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आफ्ना नगर प्रहरीलाई सवारीसाधन प्रदान गरेको छ । नगर प्रहरीलाई विभित्र कामकाजमा सहजै सेवा प्रदान गर्नका निमित्त नगरले प्रहरी भ्यान उपलब्ध गराएको हो ।

आज बिहीबार विहान नगरपालिका प्राङ्गणमा एक कार्यक्रमका बिच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र प्रशासन प्रमुख अनन्त प्रकाश वस्तीले संयुक्तरुपमा नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख बुढाथोकीले नगर प्रहरी आम जनताको साथि जस्तै भएर हरेक ठाउँमा आवश्यकता अनुसार पुग्नुपर्ने बताए । साथै नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नगरको अहित हुने हरेक क्रियाकलापप्रति चनाखो भएर काम गर्न समेत नगर प्रहरीलाई निर्देशन दिए ।

त्यस्तै उपप्रमुख उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य वस्तुको कृत्रिम अभाव तथा वजार अनुगमनमा समेत नगर प्रहरीको महत्वपूर्ण भूमिका हुने भन्दैं त्यसतर्फ पनि ध्यान दिन निर्देशन दिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरप्रहरीको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउँदै यसले नगरलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने बताए । उक्त कार्यक्रमका सञ्चालक एवम् प्रशासन , योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगर प्रहरीको काम कर्तव्य र अधिकारलाई बुझेर नगरवासीबीच पुग्न र नगर प्रहरी नगरवासीकै हुन् भन्ने सन्देश दिन लाग्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali