मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आफ्ना नगर प्रहरीलाई सवारीसाधन प्रदान गरेको छ । नगर प्रहरीलाई विभित्र कामकाजमा सहजै सेवा प्रदान गर्नका निमित्त नगरले प्रहरी भ्यान उपलब्ध गराएको हो । आज बिहीबार विहान नगरपालिका प्राङ्गणमा एक कार्यक्रमका बिच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र प्रशासन प्रमुख अनन्त प्रकाश वस्तीले संयुक्तरुपमा नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्याम गिरीलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै नगर प्रमुख बुढाथोकीले नगर प्रहरी आम जनताको साथि जस्तै भएर हरेक ठाउँमा आवश्यकता अनुसार पुग्नुपर्ने बताए । साथै नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र…