Skip to main content

Purbi Garjan

लैंगिक हिंसा र कानुन सम्बन्धि मेचीनगरमा अन्तरक्रिया सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिच अन्तरक्रिया सम्पन्न गरेको छ ।
मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगर प्रमुख बुढाथोकीले लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति हो । यसलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि सारिएको बताए । त्यस्तै उनले लैंगिक हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कार्वाही अगाडि बढाउनुपर्ने बताए । जुनसुकै बहाना र जस्तोसुकै पहुँचमा रहेकाले हिंसा गरेपनि कानुनी दायरामा ल्याएर सजाय दिनुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय पद र शक्तिको आडमा समाजमा अराजकता फैलाउने विभिन्न किसिमका हिंसात्मक क्रियाकलाप गर्ने र छुट पाउने परिपाटीको गलत नजिर बसाउने प्रयासहरू यताकता सुनिने गरिन्छ । त्यो गलत हो उनले भने, कानुन भन्दा माथि कोही पनि हुँदैन त्यसैले गल्ती गर्ने सबैले कानुनबमोजिम सजायको भागेदार हुनुपर्छ । यसलाई कार्यान्वयन गर्न सम्बन्धि निकाय लाग्नुपर्छ र सचेत नागरिकले लैंगिक हिंसा बिरूद्ध खबरदारी गरिरहनुपर्ने उनको भनाइ छ ।
त्यस्तै उपप्रमुख उप्रेतीले सभ्य समाज निर्माणका लागि  बालबालिका, महिला, पिछडिएका वर्ग, समुदायलगायत  लैंगिक हिंसा अन्त्य हुन आवश्यक रहेको बताइन् । उनले पछिल्लो समय लैंगिक हिंसा निर्मुलन गर्न नगरपालिका लागि परिरहेको बताइन् । उनले समाजमा समान हक स्थापित गर्न लक्षित वर्गलाई पनि प्रशस्त अवसर आवश्यक रहेको उनको भनाइ छ ।
मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र प्रशासन , योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदय राजवंशी, कविता मिजार, माया प्याकुरेल र अञ्जु थापाको आतिथ्य रहेको थियो ।
सामाजिक विकास शाखा प्रमुख शम्भु पौडेल स्वागत गरेको कार्यक्रम सञ्चालन मेचीनगर महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।
औपचारिक कार्यक्रम पश्चात् अधिवक्ता कविता बास्तोला पाठक र पुष्याञ्जली ठकुरी सिन्हाले सहजीकरण गरेको लैंगिक हिंसा र कानूनका विषयमा अन्तरक्रिया कार्यक्रममा मेचीनगर क्षेत्रमा रहेको महिला संघ संस्थाका प्रमुख, सामुदायिक विद्यालयका प्र.अ, महिला प्रहरी, महिला शाखा प्रमुख तथा वडा सचिवहरुको सक्रिय सहभागिता रहेको थियो ।
सोही अवसरमा उपप्रमुख उप्रेतीले सहभागी सबैलाई सेनिटरी प्याड समेत वितरण गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali