मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिच अन्तरक्रिया सम्पन्न गरेको छ । मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगर प्रमुख बुढाथोकीले लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति हो । यसलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि सारिएको बताए । त्यस्तै उनले लैंगिक हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कार्वाही अगाडि बढाउनुपर्ने बताए । जुनसुकै बहाना र…
झापा । इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका नेपाली युवा विपिन जोशी जिवित रहेको र छिट्टै उनी नेपाल फर्कने इजरायल दुतावासले जानकारी गराएको छ। अघिल्लो वर्ष इजरायलमा हमासको आक्रमणमा परि थुप्रैले ज्यान गुमाएका र कञ्चनपुरका विपिन जोशी भने बेपत्ता भएका थिए। नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन्। काठमाण्डौमा बिहिवार पत्रकारहरुसँग भएको भेटमा उनले विपिन छिट्टै नेपाल फर्किने विश्वास व्यक्त गर्दै विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताएका हुन्। हमासले विपिनसहित दुई सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय…