Skip to main content

Purbi Garjan

बेपत्ता विपिन जोशी गाजामा जिवित छन्, छिट्टै नेपाल फर्कन्छन्- राजदुत वास

झापा । इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका नेपाली युवा विपिन जोशी जिवित रहेको र छिट्टै उनी नेपाल फर्कने इजरायल दुतावासले जानकारी गराएको छ।

अघिल्लो वर्ष इजरायलमा हमासको आक्रमणमा परि थुप्रैले ज्यान गुमाएका र कञ्चनपुरका विपिन जोशी भने बेपत्ता भएका थिए। नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन्।

काठमाण्डौमा बिहिवार पत्रकारहरुसँग भएको भेटमा उनले विपिन छिट्टै नेपाल फर्किने विश्वास व्यक्त गर्दै विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताएका हुन्।

हमासले विपिनसहित दुई सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय पाँच जनालाई रिहा गरिएको थियो भने आठ जनालाई इजरायली सेनाले उद्धार गरेको थियो । विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा रहेका र उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताए ।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता गर्ने प्रयास भइरहेकोले पनि विपिन छिट्टै नेपाल फर्कने सम्भावना छ। युद्धविरामको लागि कतारले मध्यस्थताको प्रयास गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali