Skip to main content

Purbi Garjan

बेपत्ता विपिन जोशी गाजामा जिवित छन्, छिट्टै नेपाल फर्कन्छन्- राजदुत वास

झापा । इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणपछि बेपत्ता रहेका नेपाली युवा विपिन जोशी जिवित रहेको र छिट्टै उनी नेपाल फर्कने इजरायल दुतावासले जानकारी गराएको छ।

अघिल्लो वर्ष इजरायलमा हमासको आक्रमणमा परि थुप्रैले ज्यान गुमाएका र कञ्चनपुरका विपिन जोशी भने बेपत्ता भएका थिए। नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन्।

काठमाण्डौमा बिहिवार पत्रकारहरुसँग भएको भेटमा उनले विपिन छिट्टै नेपाल फर्किने विश्वास व्यक्त गर्दै विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताएका हुन्।

हमासले विपिनसहित दुई सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा एक सय पाँच जनालाई रिहा गरिएको थियो भने आठ जनालाई इजरायली सेनाले उद्धार गरेको थियो । विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा रहेका र उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताए ।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता गर्ने प्रयास भइरहेकोले पनि विपिन छिट्टै नेपाल फर्कने सम्भावना छ। युद्धविरामको लागि कतारले मध्यस्थताको प्रयास गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali