Skip to main content

Purbi Garjan

प्रधानमन्त्री ओली झापा आउँदै, दमक भिउ टावरको उद्घाटन गरिने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि भोलि आइतवार झापा आउने भएका छन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी रहेको नेकपा एमालेका झापा अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए।

मंसिर २३ र २४ गते झापाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरुमा सम्बोधन गर्न आउन लागेका ओलीलाई एमालेले जिल्लामा भव्य स्वागतको तयारी गरेको जनाएको छ। प्राप्त जानकारी अनुसार जिल्लामा तय भएको कार्यक्रम मध्य मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक विजनेश टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई सभ्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट आवश्यक तयारी पुरा भएको अध्यक्ष गिरीको भनाई छ ।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए पछि ओली पहिलो पटक झापा आउन लागेका हुन् । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार आइतवार काठमाडौंबाट झापा आएपछि दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि साढे १ बजे दमक –३ स्थित नबनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिए ।

यस्तै, दोस्रो दिन २४ गतेको पहिलो कार्यक्रम १० बजे बेलडागी खानेपानी उद्घाटन गर्ने रहेको छ भने ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा ९ स्कुलचौनमा जग्गाधनीपुर्जा बितरण, १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।

बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने सचिव कार्कीले जानकारी दिए । प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल बनाउन नेपाली कांग्रेस र एमालेबीच छलफल भएको थियो । जिल्लास्थित सत्ता संयन्त्रले भ्रमणलाई सफल बनाउदै जिल्लाको साना ठुला योजना पेश गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali