Skip to main content

Purbi Garjan

प्रधानमन्त्री ओली झापा आउँदै, दमक भिउ टावरको उद्घाटन गरिने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि भोलि आइतवार झापा आउने भएका छन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी रहेको नेकपा एमालेका झापा अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए।

मंसिर २३ र २४ गते झापाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरुमा सम्बोधन गर्न आउन लागेका ओलीलाई एमालेले जिल्लामा भव्य स्वागतको तयारी गरेको जनाएको छ। प्राप्त जानकारी अनुसार जिल्लामा तय भएको कार्यक्रम मध्य मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक विजनेश टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई सभ्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट आवश्यक तयारी पुरा भएको अध्यक्ष गिरीको भनाई छ ।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए पछि ओली पहिलो पटक झापा आउन लागेका हुन् । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार आइतवार काठमाडौंबाट झापा आएपछि दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि साढे १ बजे दमक –३ स्थित नबनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिए ।

यस्तै, दोस्रो दिन २४ गतेको पहिलो कार्यक्रम १० बजे बेलडागी खानेपानी उद्घाटन गर्ने रहेको छ भने ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा ९ स्कुलचौनमा जग्गाधनीपुर्जा बितरण, १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।

बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने सचिव कार्कीले जानकारी दिए । प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल बनाउन नेपाली कांग्रेस र एमालेबीच छलफल भएको थियो । जिल्लास्थित सत्ता संयन्त्रले भ्रमणलाई सफल बनाउदै जिल्लाको साना ठुला योजना पेश गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali