Skip to main content

Purbi Garjan

भिम खवासको कथासङ्ग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन

धुलाबारी । सामाजिक परिवेशमा आधारित कथासंग्रह ‘सोनसरी भोकै निदाई’ को विमोचन गरिएको छ । पुर्व प्रधानाध्यापक एवम् लेखक भिम खवासको दोस्रो कृतिका रुपमा प्रकाशित कथासङ्ग्रह ” सोनसरी भोकै निदाई” को आज शनिबार एक कार्यक्रमका बिच विमोचन गरिएको हो ।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शनिबार उक्त कृति विमोचन गरेका हुन्।पुस्तकमाथि टिप्पणी गर्दै झापाका अग्रज साहित्यकार एवम् प्राध्यापक चुडामणी वशिष्ठले कथाकारको रुपमा खवासको दर्बिलो उपस्थिति भएको बताउँदै आगामी दिनहरूमा अझै नयाँ कथाहरु सार्वजनिक गर्न जोड दिए। उनले मुलुकप्रतिको चिन्ताको रुपमा पुस्तक प्रकट भएको टिप्पणी गरे । कथामा निर्धन, निरीह, अतिविपन्न पात्रहरुको प्रयोग गर्दै नेपाली समाजको यथार्थ चित्रण गरिएको बशिष्ठले बताए ।

प्रमुख अतिथि धरावासीले कथामा पात्रहरुलाई सकारात्मक सोच र सन्देशका साथ प्रस्तुत गरिएको बताए । उनले पुस्तकमा कथाकी आमा पात्र ‘सोनसरी’ जस्ता भोकै सुत्ने क्षमतावान आमाकै कारण खवास जस्ता सशक्त प्रतिभा समाजमा जन्मिन पाएको धारणा राख्दै कथाकी पात्र हाम्री आमा समेत रहेको उल्लेख गरे। आफ्नी आमाहरुले पनि कथाकी पात्र झैँ कयौं रात भोक निद्रा त्याग गरेका कारण आज आफुहरु यो स्थानमा पुग्न सफल भएको समेत उनले बताए ।

उक्त कथासङ्ग्रहमा ११ वटा कथा समेटिएको छ । जसमा गरिबी, अभाव, संघर्ष, पुरुष हिंसा जस्ता विषयवस्तु उठाइएको छ । वि.स. २०११ सालमा भोजपुरमा जन्मिएका खवासको यसअघि पहिलो कृतिका रुपमा संस्मरण ‘नबिर्सेका दिनहरु’ प्रकाशित छ भने फुटकर लेख तथा कविता प्रकाशोन्मुख कृतिको उपमा रहेको पुस्तकमा उल्लेख छ ।

खवासको पुस्तकलाई रण-खड्ग खवास फाउन्डेशनले प्रकाशन गरेको छ । लेखक एवम् फाउन्डेशनका अध्यक्ष खवासको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन लेखक तथा पत्रकार सन्तोष आचार्यले गरेका थिए भने स्वागत मन्तव्य परिवारको तर्फबाट संविधानसभा सदस्य अम्बिका खवासले राखेकी थिइन् भने फाउन्डेसनको बारेमा सदस्य शिला खवासले जानकारी गराएकी थिइन् ।

शान्ति समाज मेचीनगर-१०, धुलाबारीको सभाहलमा आयोजित कार्यक्रममा थुप्रै झापाली साहित्यकार तथा लेखकहरु, समाजसेवी, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali