Skip to main content

Purbi Garjan

भिम खवासको कथासङ्ग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन

धुलाबारी । सामाजिक परिवेशमा आधारित कथासंग्रह ‘सोनसरी भोकै निदाई’ को विमोचन गरिएको छ । पुर्व प्रधानाध्यापक एवम् लेखक भिम खवासको दोस्रो कृतिका रुपमा प्रकाशित कथासङ्ग्रह ” सोनसरी भोकै निदाई” को आज शनिबार एक कार्यक्रमका बिच विमोचन गरिएको हो ।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शनिबार उक्त कृति विमोचन गरेका हुन्।पुस्तकमाथि टिप्पणी गर्दै झापाका अग्रज साहित्यकार एवम् प्राध्यापक चुडामणी वशिष्ठले कथाकारको रुपमा खवासको दर्बिलो उपस्थिति भएको बताउँदै आगामी दिनहरूमा अझै नयाँ कथाहरु सार्वजनिक गर्न जोड दिए। उनले मुलुकप्रतिको चिन्ताको रुपमा पुस्तक प्रकट भएको टिप्पणी गरे । कथामा निर्धन, निरीह, अतिविपन्न पात्रहरुको प्रयोग गर्दै नेपाली समाजको यथार्थ चित्रण गरिएको बशिष्ठले बताए ।

प्रमुख अतिथि धरावासीले कथामा पात्रहरुलाई सकारात्मक सोच र सन्देशका साथ प्रस्तुत गरिएको बताए । उनले पुस्तकमा कथाकी आमा पात्र ‘सोनसरी’ जस्ता भोकै सुत्ने क्षमतावान आमाकै कारण खवास जस्ता सशक्त प्रतिभा समाजमा जन्मिन पाएको धारणा राख्दै कथाकी पात्र हाम्री आमा समेत रहेको उल्लेख गरे। आफ्नी आमाहरुले पनि कथाकी पात्र झैँ कयौं रात भोक निद्रा त्याग गरेका कारण आज आफुहरु यो स्थानमा पुग्न सफल भएको समेत उनले बताए ।

उक्त कथासङ्ग्रहमा ११ वटा कथा समेटिएको छ । जसमा गरिबी, अभाव, संघर्ष, पुरुष हिंसा जस्ता विषयवस्तु उठाइएको छ । वि.स. २०११ सालमा भोजपुरमा जन्मिएका खवासको यसअघि पहिलो कृतिका रुपमा संस्मरण ‘नबिर्सेका दिनहरु’ प्रकाशित छ भने फुटकर लेख तथा कविता प्रकाशोन्मुख कृतिको उपमा रहेको पुस्तकमा उल्लेख छ ।

खवासको पुस्तकलाई रण-खड्ग खवास फाउन्डेशनले प्रकाशन गरेको छ । लेखक एवम् फाउन्डेशनका अध्यक्ष खवासको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन लेखक तथा पत्रकार सन्तोष आचार्यले गरेका थिए भने स्वागत मन्तव्य परिवारको तर्फबाट संविधानसभा सदस्य अम्बिका खवासले राखेकी थिइन् भने फाउन्डेसनको बारेमा सदस्य शिला खवासले जानकारी गराएकी थिइन् ।

शान्ति समाज मेचीनगर-१०, धुलाबारीको सभाहलमा आयोजित कार्यक्रममा थुप्रै झापाली साहित्यकार तथा लेखकहरु, समाजसेवी, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali