Skip to main content

Purbi Garjan

प्रेस चौतारी झापाको अध्यक्षमा तीनजनाको दावी

झापा । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी झापाको अध्यक्ष पदमा तीनजनाको दावी परेको छ।

हालसम्म अध्यक्ष पदको दावेदारमा प्रदिप परियार, प्रकाश पौडेल र विशाल नेम्वाङको नाम अगाडि बढेको विशेष स्रोतको दावी छ। यसअघि संगठनको जिल्ला उपाध्यक्ष रहेका प्रदिप परियार यसपटक अध्यक्ष पदको दावेदार छन्। उनी हालै सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ झापाका निर्वाचित सचिव समेत हुन्।

यस्तै अर्का उम्मेदवार प्रकाश पौडेल हाल संगठनका जिल्ला सचिव हुन् । उनी पनि अध्यक्ष पदको दावेदार हुन्। अर्का उम्मेदवार विशाल नेम्वाङ पनि अध्यक्षका दावेदार हुन्। उनी संगठनका प्रदेश सचिव समेत हुन्। अहिले संगठनले सर्वसम्मत अध्यक्ष बनाउने प्रयत्न गरिरहे पनि तीनजनाको दावीका कारण निर्वाचन हुनसक्ने सम्भावना देखिन्छ ।

यस्तै संगठनको महिला उपाध्यक्ष पदमा सुनिरा मैनाली र अस्मिता साँखिको दावी छ भने खुल्ला उपाध्यक्षमा राजु पोख्रेलको नाम अगाडि बढेको छ। सचिव पदमा पनि ३ जनाको दावी छ। सचिवका दावेदारहरु युवराज आचार्य , तिलक योञ्जन र अच्युत सुवेदी रहेका छन् भने सह – सचिवमा सरोज पौडेल र भुमि पराजुलीको नाम रहेको छ।  जिल्ला अधिवेशन ११ गते शुक्रबार बिर्तामोडमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali