Skip to main content

Purbi Garjan

प्रेस चौतारी झापाको अध्यक्षमा तीनजनाको दावी

झापा । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी झापाको अध्यक्ष पदमा तीनजनाको दावी परेको छ।

हालसम्म अध्यक्ष पदको दावेदारमा प्रदिप परियार, प्रकाश पौडेल र विशाल नेम्वाङको नाम अगाडि बढेको विशेष स्रोतको दावी छ। यसअघि संगठनको जिल्ला उपाध्यक्ष रहेका प्रदिप परियार यसपटक अध्यक्ष पदको दावेदार छन्। उनी हालै सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ झापाका निर्वाचित सचिव समेत हुन्।

यस्तै अर्का उम्मेदवार प्रकाश पौडेल हाल संगठनका जिल्ला सचिव हुन् । उनी पनि अध्यक्ष पदको दावेदार हुन्। अर्का उम्मेदवार विशाल नेम्वाङ पनि अध्यक्षका दावेदार हुन्। उनी संगठनका प्रदेश सचिव समेत हुन्। अहिले संगठनले सर्वसम्मत अध्यक्ष बनाउने प्रयत्न गरिरहे पनि तीनजनाको दावीका कारण निर्वाचन हुनसक्ने सम्भावना देखिन्छ ।

यस्तै संगठनको महिला उपाध्यक्ष पदमा सुनिरा मैनाली र अस्मिता साँखिको दावी छ भने खुल्ला उपाध्यक्षमा राजु पोख्रेलको नाम अगाडि बढेको छ। सचिव पदमा पनि ३ जनाको दावी छ। सचिवका दावेदारहरु युवराज आचार्य , तिलक योञ्जन र अच्युत सुवेदी रहेका छन् भने सह – सचिवमा सरोज पौडेल र भुमि पराजुलीको नाम रहेको छ।  जिल्ला अधिवेशन ११ गते शुक्रबार बिर्तामोडमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali