धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सुदूरपश्चिम विद्रोही जन्माउने प्रदेश भएको बताएका छन । मंगलबार कैलालीको धनगढीमा आयोजीत सुदूरपश्चिम प्रदेश स्तरिय बैचारिक,राजनैतिक ,प्रशिक्षण कार्यक्रम्मा बोल्दै महासचिव विप्लव सीले यस्तो बताएका हुन ।
सुदूरपश्चिम प्रदेशले भिम दत्त पन्त देखि जनयुद्ध र एकिकृत जनक्रान्तीका लागी थुप्रै विद्रोहीहरु जन्माएको छ । महान सहीदहरुको रगतले सिंचित सुदूरपश्चिम प्रदेशमा अझै थुप्रै विद्रोहीहरु जन्मदै छन उनले भने । देश अझै स्वाधीन बन्न नसकेको बताउदै महासचिव विप्लवले राष्ट्रिय स्वाधीनता र जनताका पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । देश साम्राज्यबादीहरुको अखाडा बन्न सक्ने खत्रा मडारिएको बताउदै उनले देशलाई स्वाधीन र नेपाली जनतालाई आत्म निर्भर बनाउन साम्राज्यबादीहरुसंग लड्दै आएको बताए ।
साम्राज्यबाद र दलाल पूजीबादका विरुद्ध आन्दोलन गर्दै समाजबादका लागी पार्टी र नेता कार्यकर्ताहरु जिम्मेवार बन्नु पर्ने बताउदै महासचिव विप्लवले समाजबादका लागी श्रमीक जनसमुदाय एकजुट हुनु पर्ने बताए । जनताको काखमा बास गर्ने पार्टी र आमाको बाखमा बास गर्ने सन्तान कहिल्यै नहार्ने बताउदै उनले कम्युनिष्टहरुले जनताको काखमा बास गर्न सक्नु पर्ने बताए । महासचिव विप्लवले समाजबाद सत्तामा नभए पनि अबशेष देखिने गरेको बताउदै दलाल पूजीबाद सत्तामा हावी भएकाले त्यसका विरुद्ध संघर्ष आवश्यक भएको बताए ।
दलाल पूजीबाद नेपाली जनताको पक्षमा नभएको बताउदै महासचिव विप्लवले समाजबादका लागी संघर्ष गर्नु पर्ने बताए । देशमा सबै समाजबादी बन्दै गएको बताउदै उनले जनतालाई समाजबाद बारे बुझाउदै जानु पर्ने बताए । जनताका समस्याका विषयमा नेपाल कम्युनिष्ट पार्टी सधै अग्र स्थानमा रहेको बताउदै महासचिव विप्लवले सुकुम्बासीकहरुका घर भत्काउने देखि राष्ट्रका हित विपरित गरिने सबै खाले सँन्धी सम्झौताका विरुद्ध आवाज उठाउदै आएको बताए । आत्मनिर्भरता, स्वाधीनता र सम्पन्नताका लागी पार्टी उत्पादनमा जोडीएको बताउदै महासचिव विप्लवले ठुलो आधीबेहोरी आए पनि थेग्न सक्नेगरी पार्टी बलीयो बनेको बताए । पार्टीले आफ्नै उत्पादन ब्यार ब्याबसाय उद्योग चलाउदै आएको बताउदै उनले माघ १४ गते काठमाण्डौमा सि ब्यापार केन्द्रको उद्घाटन गर्ने बताए ।
देश बलीयो बन्न सकेन भने ब्याक्ति जती बलीयो भए पनि अर्थ नराख्ने बताउदै उनले देश बलीयो बनाउन उत्पादन र उद्योग धन्दाको विकास गरिनु पर्ने बताए । पार्टीले नयाँ सस्कृती सि संस्कृतीकोविकास गर्दै गएको बताउदै उनले कम्युनिष्ट देशहरुमा यसको चर्चा चुलीदै गएको बताए । साँस्कृतीक संघर्षमा जित्न नसके राजनैतिक संघर्ष जीत्नुको अर्थ नहुने बताउदै महासचिव विप्लवले संस्कृतीको विकास गर्दै अगाडी बढ्नु पर्ने बताए । संसारका कुनै पनि युद्धहरु कम्युनिष्टका कारण नभई पूजीबादका कारण भएको बताउदै उनले सच्चा कम्युनिष्टहरुले एकजुट हुनु पर्ने बताए ।
उनले नेपाल कम्युनिष्ट पार्टी आर्थिक,सामाजीक,राजनैतिक, साँस्कृतीक र संगठनात्मक रुपमा सबै भन्दा अगाडी भएको बताउदै नेता कार्यकर्ताहरुले जनताका विचमा रहेर जनताका कामहरु गर्नु पर्ने बताए । ८४ मा हुने निर्बाचनमा सबै क्षेत्रबाट उम्मेदारी दिएर निर्बाचनमा जाने पार्टीले निर्णय गरेको बताउदै उनले विचको समय जनताका लागी खर्च गर्नु पर्ने बताए ।
पार्टीका स्थायी समिति सदस्य रणवीर सिको अध्यक्षताम सम्पन्न कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य समरले गरेका थिए भने उपश्थित नेता कार्यकर्ताहरुलाई स्वागत पोलीटब्युरो सदस्य विकल्प सिले गरेका थिए । पार्टीका पोलीट ब्युरो सदस्य असल सिले सम्बोधन गरेका थिए ।
स्थायी समिति सदस्य रणविरले रचना र सृजनाको माध्यामबाट एकिकृत जनक्रन्तीलाई सम्पन्न गर्नु पर्ने बताउदै सकिदै गएको कम्युनिष्टलाई नेकपाले बचाउनु पर्ने जिम्मेवारी थपीएको बताए । उनले सुदूरपश्चिम क्रान्तिको उर्बर भूमी भएको बताउदै अझै मलजलगरी क्रान्तीकारीहरु जन्माउन असल कार्यहरु गर्दै जानु पर्ने बताए । त्यसैगरी कार्यक्रम्मा विभिन्न पार्टीबाट एकदर्जन नेता कार्यकर्ताहरुले पार्टी प्रबेश गरेका छन । डोटीको दीपायल सिल्गढी नगरपालीकाका पूर्ब उपमेयर नेकपाएमालेका प्रेम बहादुर शाहले देश र जनाताको हीतमा काम गनैृ एक मात्र पार्टी विप्लव नेर्तत्वको नेकपा भएकाले जनताको सेवा गर्न नेकपा प्रबेश गरेको बताए ।