Skip to main content

Purbi Garjan

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

प्रविण अधिकारी

विर्तामोड । झापाको विर्तामोडमा जनवादी कलाकारहरूले “समाजवादका लागि सामना सांस्कृतिक अभियान” अन्तर्गत जनचेतनामूलक प्रस्तुति दिँदै दर्शकलाई भावुक बनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा सम्पन्न कार्यक्रममा जनवादी गीत, नृत्य र ओपेराले दर्शकलाई मनोरञ्जन मात्र होइन, सशक्त सन्देश पनि प्रवाह गर्‍यो।

कार्यक्रममा बहुचर्चित जनवादी कलाकारहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूलाई नेतृत्व गरेका थिए दसवर्षे सशस्त्र जनयुद्धको सैन्य कमान्ड सम्हालेका बहुप्रतिभाशाली माइला लामा र चर्चित गीत “अरुण तरेर नाना तमोर तरेर…” का लेखक मणि थापाले। आरोह नेपाली, रमण थामीलगायत दर्जनौँ कलाकारले गीत, नृत्य र भाषणमार्फत दर्शकलाई आफ्नो प्रस्तुति मार्फत विगत सम्झाउन र भविष्यप्रति सोच्न बाध्य पारे।

माइला लामा र आरोह नेपालीको प्रस्तुति भावनात्मक रूपमा सशक्त देखियो। सहिदहरूको स्मरण र संघर्षका कथाहरू प्रस्तुत गर्दा दर्शकका आँखा रसाए। जनवादी गीतमा पाँच वर्षीय बालकदेखि ८० वर्षीय वृद्धसम्मको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनायो।

कार्यक्रमको मुख्य आकर्षण ओपेरा प्रस्तुति थियो, जसले दसवर्षे जनयुद्धका चुनौतीपूर्ण क्षणहरूको झल्को प्रस्तुत गर्‍यो। बन्दुक बोकेका सैनिक, युद्धका दु:खद् घटनाहरू र विजयका सङ्कल्पले दर्शकलाई भावुक बनायो।

दर्शकदीर्घतर्फको दृश्य पनि कम प्रभावशाली थिएन। तत्कालीन सैन्य कमाण्डर र हाल नेकपाका किराँत लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी आँसु थाम्न नसकी भावविह्वल भए। त्यस्तै, जनयुद्धका अनुभवी नेता, गीतकार तथा पूर्वमन्त्री मणि थापाले आफ्ना अनुभव र आत्मालोचनासहित अबको देशको भविष्य समाजवादमै रहेको र त्यो विप्लवबाट मात्रै सम्भव रहेको स्पष्ट धारणा व्यक्त गरे। उनले वर्तमान नेताहरू र व्यवस्थाबाट देशको समृद्धि सम्भव नरहेको बताए।

झापा र इलामका विभिन्न स्थानबाट आएका सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते योद्धा र आम जनसमुदायको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा प्रदान गर्‍यो। कार्यक्रमले दर्शकलाई विगत सम्झाउँदै अबको यात्राका लागि समाजवादलाई एकमात्र विकल्पको रूपमा अघि बढाउन प्रेरणा दियो। सामना परिवारको यो प्रस्तुति दर्शकका लागि एउटा ऐतिहासिक क्षण बन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali