Skip to main content

Purbi Garjan

नंया मान्यता सहितको बिप्लवी युग – सुमनसिंह सी

१. बदलिँदो समाज र मान्यताको द्वन्द
मानिस सधैं परिवर्तनशील छ, र समाज पनि निरन्तर गतिशीलतामा रहन्छ । पछिल्लो दशक विज्ञान र प्रविधिमा अभूतपूर्व परिवर्तनहरू देखा परिसकेका छन, जसले सामाजिक संरचना, उत्पादन प्रणाली, र आर्थिक सम्बन्धहरूमा धेरै ठूला परिवर्तन ल्याएका छन् । स्टिम इन्जिनबाट सुरू भएको औद्योगिक क्रान्ति फ्युल इन्जिन हुँदै नानो–प्रविधिसम्म आइपुगेको छ, जसले मानव सभ्यतालाई नयाँ चरणमा पु¥याएको हो । यतिबेला मानव सभ्यता नै नंया चरणमा प्रवेश गर्ने संक्रमणकालिन समय हो ।
क्वान्टम मेकानिक्स र कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले औद्योगिक उत्पादनलाई नयाँ उचाइमा पु¥याएको छ । उत्पादनका साधन, उत्पादक शक्ति, र उत्पादन सम्बन्धमा आएका परिवर्तनहरूले बिधमान अर्थ व्यवस्थालाई पुनःपरिभाषित गर्नु पर्ने माग गरेको छ । माक्र्सवादी भौतिकवाद अनुसार, आर्थिक गतिविधिको चरित्र अनुसार मानिसको चेतना निर्धारण हुने गर्छ । यिनै ठुला – ठुला हेरफेरका कारण, मानिसको चेतना अहिले हिजोको ठांउमा छैन यो नितान्त नंया र भिन्न बन्दै गएको छ, र अस्तित्वमा रहेका कुनैपनी पुराना मान्यताहरूले सन्तुष्टि दिन नसक्ने अवस्थामा समाज आइपुगेको छ । जसकारण यो समयको समाज पुराना मान्यता बिरुद्ध बगावत गर्दैछ ।

२. पुराना राजनीतिक मान्यता र वर्तमान संकट
नेपालमा प्रमुख राजनीतिक दलहरू अझै पनि पुराना सिद्धान्तहरूकै वरिपरि चक्कर काट्न बिवश छन् । नेपाली कांग्रेस २०१२ सालमा बी.पी. कोइरालाले प्रस्ताब गरेको प्रजातान्त्रिक समाजवादलाई आधार मानेर त्यो समयको आंखाले वर्तमान समयलाई हेर्दै अघि बढिरहेको छ । नेकपा (एमाले) अहिले सम्म मदन भण्डारीले प्रतिपादन गरेको ४० – ५० को दशकको जनताको बहुदलीय जनवाद (जबज) को मार्गचित्रलाई पछ्याइरहेको छ । नेकपा (माओवादी केन्द्र) प्रचण्डले ५०–६० को दशकमा प्रतिपादन गरेको जनयुद्धका दस्तावेजहरूलाई नै आधार मानेर अगाडि बढिरहेको सन्धर्भ छ ।
वर्तमान विश्व, बिज्ञान प्राविधि, उत्पादक शक्ती, उत्पादन सम्बन्ध र यसको आधारमा पैदा भएका विभिन्न आयामहरुको गहिरो खोज अनुसन्धान जरुरी भएको यो समय समाजलाई डोहोर्याउने राजनीतिक दल, नेता र उनिहरुको कार्यसुचि भित्र खोज, अनुसन्धानका विषयहरु कहिलै नपर्नु दुःखद मात्र होइन उनिहरु यो दुनियाँका सबैभन्दा अल्छे मानिसहरु हुन भन्ने पुष्टि गर्दछ । यस्ता अल्छिहरुबाट समाज रुपान्तरणको अपेक्षा गर्नु सान्दर्भिक हुंदैन ।
यी पुराना मान्यताहरू नयाँ युगका लागि अपुर्ण छन् र अपूरा साबित भइरहेका छन् । पुराना मान्यता र समाजको नंया चेतनाको बिच पैदा भएको अन्तरबिरोधले पुराना सबै दलहरुमा बिघटन देखा परेको छ । दलहरूले पार्टीलाई प्राविधिक ढंगले टिकाएपनी वा सुधार गर्न कोसिस गरेपनि तिनको वैचारिक पुनर्जागरण हुन नसक्दा ति शक्तिहरु पतन वा बिघटनको संघारमा छन् । पुराना सिद्धान्तहरूमा अडिएका हरेक संरचना ढल्ने निश्चित छ, किनभने इतिहासले देखाएको छ कि जो परिवर्तनशील हुँदैन, उसको पतन हुन्छ नै । र नेपालमा पुराना भनिने दलहरुको पनि पतन वा बिघटन अब निश्चित जस्तै देखिन्छ । यो कसैको विरप्पनले थेग्ने, थेगिने कुरा होइन ।

३. नंया भाष्य भित्रको भ्रम र यथार्थ
यिनै बिशेषताको कारण नंया मान्यता खोज्न समाज तल्लिन छ । नंया खोजिरहेको समाजले दलाल पुंजिवादी अर्थ प्रणाली र यसको सहयोगमा टिकेको सत्ताको बिघटन संगै साम्राज्यवाद र उत्पिडित राष्ट्रहरु बिचको अन्तरबिरोधको समाधान खोजिरहेको छ । भाषा, साहित्य वा पदावलीको बुझाइको दृष्टिले कतिपय जनताले आफुले के खोजिरहेको छु भन्ने सहजै थाहा नपाएपनि उनिहरु नंया मान्यता सहितको समाज खोजिरहेका छन्, र यो समाधान समाजवाद हो ।  समाजवाद भन्ने पदावली नेपालमा लोकप्रिय भएपनि यस बिरुद्ध लक्षित अनेकौं सड्यन्त्रले जनतालाइ भ्रमित गर्ने कार्य गरिरहेको छ ।
यसरि नंया मान्यता सहितको समाजको खोजि गरिरहेका जनतालाइ नंया अनुहार प्रस्तुत गरेर भ्रमित गर्ने प्रयत्न भइरहेको छ । यस्ता अनुहारहरु आर्थिक प्रणालिको रुपान्तरणको कुरा गर्दैनन, उनिहरुको तर्कमा ब्यवस्था यहि ठिक छ अवस्था बदल्नु पर्छ भन्ने तर्क रहेको छ । तर, नेपालमा बिकसति घटनाक्रम र यस्ता अनुहारका रबैयाको कारण यस्ता तर्कहरु पनि सबैले बुझ्ने स्तरमा असफल भैसक्यो । अहिले फेरि नंया अनुहार थपिने क्रममा छन्, उनिहरु गैर कम्युनिष्ट र देशभक्त पार्टी निर्माण गर्ने चर्चा गरिरहेका छन् । जनतालाइ समाजवादमा जानबाट रोक्ने उदेश्यले साम्राज्यवाद बिभिन्न योजनाका साथ समाजवादी आन्दोलन बिरुद्ध हमलामा उत्रिएको छ । यस्ता भ्रमबाट समाजलाइ बचाउन र अगाडि बढाउने नेत्रित्व नंया मान्यता प्रस्तुत गर्ने शक्तिले मात्र गर्न सक्छ । त्यो शक्ति नेकपा हो ।

४. नयाँ मान्यताको खोजी र नेकपाको भूमिका
नेपालको क्रान्तिकारी आन्दोलनमा पछौटेपन विरुद्ध नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी) निरन्तर संघर्षरत छ । समाजलाई बुझ्ने दृष्टिकोणलाई वैज्ञानिक आधारमा पुनःसंरचना गर्दै नेकपाले आधुनिक भौतिकशास्त्र र समाजशास्त्रलाई एकीकृत गर्दै नयाँ सिद्धान्त र मान्यताहरूको विकास गरिरहेको छ ।
नेकपाले अनिश्चिय , संभावना , रक्षा , र रूपान्तरण जस्ता वैज्ञानिक अवधारणाहरूलाई समाजको अध्ययनमा समाहित गरेको छ । नेकपाले आफ्नै जिवनमा अनुसन्धान गरेका मौलिक बिषयहरुलाइ शुत्रबद्ध गर्न उपयुक्त पदावली सहित बिचार शंस्लेषणको तयारि समेत गरेको छ । यो अवधारणा आधुनिक भौतिकशास्त्रको सिद्धान्तसँग अनुरुप रहेको छ । आजको समयमा उभिएर हामिले भौतिक शास्त्रले बिकास गरेका मान्यताको आधारमा समाजलाइ हेर्ने दृष्टिकोणको बिकास गर्न सक्नु पर्दछ त्यो नेकपाले गरेको छ ।
स्टिम इन्जिन युग (१७औँ – १९औँ शताब्दी) — उत्पादनका साधनहरूको औद्योगीकरण । फ्युल इन्जिन युग (१९औँ – २०औँ शताब्दी) — विश्वव्यापी पूँजीवादको विस्तार । नानो टेक्नोलोजी युग (२१औँ शताब्दी) — सूचना प्रविधि, जैविक विज्ञान र क्वान्टम मेकानिक्समा क्रान्ति । यसले उत्पादक शक्ति, उत्पादन सम्बन्ध, अर्थ सम्बन्धमा नंया आयामहरु देखा परेका छन् । मान्छेको चेत नंया भएको छ । नंया चेतले नंया मान्यताको खोजि गरेको छ । अब पुंजिवाद नंया मान्यता होइन, बिश्वभरिका जनताहरुको मनबाट अश्विकृत, युद्ध, शोषण र दमन थेपर्ने फोहोर हो । त्यसैले २१औं सताब्दी पुंजीवादको सताब्दी होइन ।
यो सताब्दीमा बिकास भएका र बिकास हुंदै गरेका बिज्ञान प्रबिधी र मानिषको चेतनालाइ पुंजीवादको भ्रम र सड्यन्त्रले जति नै कोसिस गरेपनि आफ्नो पक्षमा अड्याउन सक्दैन । यो समाजबादी क्रान्तिको सताब्दी हो । यो समयको समाजको चेतना पुराना मान्यता बिरुद्ध छ । नंया मान्यता सहित आफ्ना कार्यक्रम लाइ जनतामाझ लगिरहेको नेकपा नै अबको समयको नेतृत्वदायी शक्ति बन्ने निश्चित छ । यो तर्कमात्र होइन नेकपाका महासचिब बिप्लब सीको नेत्रित्वमा अनुसन्धान भएका तथ्यहरुले पुष्टि गर्ने बिषयहरु हुन ।
क्वान्टम भौतिकशास्त्रले दिशानिर्देश गरेको छ कि कुनैपनि कणको स्थान र वेग एकै समयमा ठिक संग मापन गर्न सकिदैन । अर्थात संसार निश्चित छैन, त्यसैले समाजलाई बुझ्न पनि निश्चित मापदण्डमा मात्र सीमित रहन सकिँदैन । नेकपाले आफ्नो नवौं महाधिवेशनमा— अनिश्चय, संभावना, रक्षा र रुपान्तरण , समाज बिकासका नविन बिशेषताहरु, भौतिक बिज्ञानमा भएका नंया अनुसन्धानहरु, एकिकृत स्वामित्व प्रणाली, बैज्ञानिक समाजवाद र जनमत, पार्टीको तथ्य द्वारा रुपान्तरण, भुमण्डलीकृत पुंजीवादबारे, कम्युनिष्ट अन्तराष्ट्रियबारे जस्ता एकदमै महत्वपुर्ण बिषयहरुमा वैचारिक संश्लेषणहरु गरेको छ । यिनै संश्लेषण भित्र आगामि युगको झलक प्राप्त गर्न सकिन्छ ।
५. नयाँ आर्थिक दृष्टिकोणः 
समाजवादको अभ्यास भएका मुलुकहरु रूस—केन्द्रीकृत योजना असफल हुँदै नोकरशाहीकरण । चीन—सन् १९७८ पछि बजारमुखी अर्थतन्त्रमा रुपान्तरण । पूर्वी युरोप—पश्चिमी पूँजीवादको सामरिक, आर्थिक र प्रचारात्मक हमलाबाट पराजय आदि जस्ता  समाजवादी सत्तामा देखा परेका संकट साथै असफलता र ‘इतिहासको अन्त्य’ भन्दै हौसिएको लुटेरा पुंजिवादको घिनौला हर्कतहरु र पूँजीवादी व्यवस्थामा पैदा भएका देखिएका संकटबाट पाठ सिक्दै नेकपाले नयाँ आर्थिक अवधारणा अगाडि सारेको छ । यसलाई New economy Track, Net भनिएको छ, जसमा निम्न आधारभूत तत्व समावेश छन् —
एकीकृत स्वामित्व : उत्पादनका साधनहरू निजी पूँजीपति वा राज्यको हातमा मात्र सीमित नराखी समाजको हितमा परिचालित हुने । सामूहिक उत्पादन : उत्पादन प्रणालीलाई सामाजिक स्वामित्व र सहयोगात्मक ढाँचामा आधारित गराउने । व्यक्तिगत उत्तरदायित्व : सामूहिक प्रणालीमा व्यक्ति विशेषको योगदान र उत्तरदायित्व सुनिश्चित गराउने ।
यो अवधारणा चिनियाँ समाजवाद, सोभियत अर्थतन्त्र, क्युबाली उत्पादन प्रणाली जस्ता पुराना प्रयोगहरूको समेत अध्यन, नेपालमा पैदा भएका बिबिध आयाम र बिशेषताको अध्यन, र नेपाली मौलिकताको समाजवाद बिकासको निम्ति गरिएका पछिल्ला खोज अनुसन्धान र नेकपाले यिनै तथ्यहरुको आधारमा गरेको अध्यन, अनुसन्धान, प्रयोग र प्रमाणित तथ्यहरुको मुल्यलाइ नंया आर्थिक मार्गको रुपमा संश्लेषण गरिएको छ । यहि नीतिले नेपालको आगामि भविष्यको उज्वलता शुनिश्चित गर्ने छ । त्यो अहिलेलाइ नेपाली बिशेषताको समाजवाद हो ।
६. व्यावहारिक कार्यनीति र नेकपाको लक्ष्य
नेकपाले सैद्धान्तिक अवधारणालाई व्यावहारिकरूपमा प्रयोग गर्दै विभिन्न कार्यनीति अघि सारेको छ । नेकपाको नवौं महाधिवेशनले दुइ वा दुइ भन्दा बढि कार्यनीतिहरु एकै पटक प्रयोग गर्न सकिने नीति लियो । अमेरिकी साम्राज्यवाद र नेपाली जनता बिचको अन्तरबिरोध नै मुख्य अन्तरबिरोध हो भन्ने निष्कर्स निकालेको नेकपाले साम्राज्यवाद सम्पुर्ण मोर्चाबाट श्रमिक जनता, उत्पिडीत राष्ट्र, समाजवाद र क्रान्तिकारी कम्युनिष्ट आन्दोलन बिरुद्ध आएको छ त्यसकारण कम्युनिष्ट पार्टीले पनि सबै मोर्चाबाट लड्न जरुरि छ भन्ने निष्कर्स निकालेको छ ।
त्यसैले, खुला मोर्चा : आगामी निर्वाचनमा भाग लिने निर्णय । ०८४ को  निर्वाचनमा आफ्नो दललाइ निर्वाचन आयोगमा दर्ता गराएरै सहभागि हुने निर्णय नेकपाले लिएको छ । यसले वर्तमान सत्ता बिरुद्ध शान्तिपुर्ण संघर्षको मोर्चा खोजिरहेको मध्यम बर्गिय समाजलाइ समाजवादी क्रान्तिमा आउन सहजिकरण गर्ने छ । सडक संघर्ष : राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति संघर्ष गर्दै, जनताका समस्याहरु, भ्रष्टाचार, बेथीति, अराजकता, सड्यन्त्र र भ्रम बिरुद्ध  सशक्त संघर्षको सिर्जना गर्दै जनताको सहभागिता बढाउने । उत्पादन प्रवद्र्धन : समाजवादी उत्पादन प्रणालीको अभ्यास गर्दै वस्तु तथा सेवा उत्पादनमा आत्मनिर्भरता ल्याउने । अन्तर्राष्ट्रिय कूटनीति : नेपाललाई सन्तुलित र स्वाधीन नीति अपनाउन प्रेरित गर्ने । बिश्व ब्यवस्थामा देखा परेको धु्रबिकरण र यसको नेपाल प्रभाव लाइ ध्यानमा राखेर नेपालमा समाजवादी सत्ता स्थापनाको निम्ति अनुकुलता सृजना गर्न साम्राज्यवाद बिरोधि धारा संग सहकार्य गर्ने । जस्ता दुरगामि महत्वका कार्यक्रमहरु नेकपाले बिकास गरिरहेको छ ।

७. नेपालमा क्रान्तिकारी नेतृत्वको आवश्यकता
नेपालमा नेताहरूको चरित्र, इमानदारीता, र संघर्षशीलता हेर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नै एकमात्र सशक्त, निस्कलंक, इमानदार, देशभक्त र वैज्ञानिक दृष्टिकोण राख्ने क्रान्तिकारी नेता भएको तुलनात्मक रुपमा पुष्टि हुंदै गएको छ । बिप्लब व्यक्तित्व नेपाली जनताहरुको बिचमा सर्व स्विकार्य ब्यक्तित्व बनेको सन्धर्भ छ । नेकपाको नवीन दृष्टिकोण, संगठनको अनुशासन, आर्थिक सिद्धान्त, र क्रान्तिकारी कार्यशैलीका कारण नेपालको आगामि  समाजवादी क्रान्तिको नेतृत्व नेकपाले लिने निश्चित छ । र बिधमान नेपालको अवस्था हेर्दा एकप्रकारको नेत्रित्व बिहिनतामा देश रुमल्लिरहेको तथ्यहरु सम्मुख छन् । यस्तो अवस्थामा देशकै शासकिय नेत्रित्व कमरेड बिप्लवले लिनु पर्ने देखिन्छ ।

समाजले खोजेको नंया मान्यता, दलाल पुंजिवादी सत्ताको बिघटन, नेपाली बिशेषताको समाजवाद स्थापनाको प्रश्न र पुंजिवादी बिश्व ब्यवस्थामा नै देखा परेको भयानक बिघटनको अवस्थाले बिश्वलाइ नै समाजवादमा जानको निम्ति नविन नेत्रित्व खड्किने सन्धर्भमा नेपालले उक्त कार्यभार पुरा गर्नुपर्ने हुनसक्छ । नेकपाले पछिल्लो समयमा गरेका बिचार शंष्लेषणहरु र यसले बिश्व कम्युनिष्ट आन्दोलनमा पार्ने प्रभावहरुको आधारमा नेकपा महासचिब बिप्लब ब्यक्तित्व नै नेपालको निम्ति राष्ट्रिय अन्तराष्ट्रिय पहलकर्ता वा नेता हुने कुरा निश्चित छ ।

८. निष्कर्ष
समाज परिवर्तनको यो चरणमा पुराना मान्यताहरूले काम नगर्ने भएको छ । वैज्ञानिक सिद्धान्त र समाजशास्त्रको नयाँ बुझाइअनुसार नेपाललाई अगाडि बढाउन नेकपाले नयाँ बाटो कोरेको छ । आधुनिक विज्ञान, विशेष गरी क्वान्टम भौतिकशास्त्र र कृत्रिम बुद्धिमत्ता को प्रभावलाई सामाजिक अध्ययनमा लागू गर्ने नेकपाको दृष्टिकोण निकट भविष्यमा बिश्व ब्यापि रुपमा महत्वपूर्ण बन्नेछ । यस आधारमा नेकपाले अगाडि सारेको ल्भ्त् मोडेल, चुनावी खुल्ला मोर्चा, सडक संघर्ष, र उत्पादनको पुनःसंरचना जस्ता योजनाले नेपाललाई क्रान्तिकारी दिशातर्फ लैजाने निश्चित देखिन्छ । यसले नेपालमा नेपाली बिशेषताको समाजवादलाइ शुनिसस्चत गर्ने छ । नंया मान्यता खोजिरहेको संक्रमणकालिन यो समय युग पर्वतकको चेतबाट आंफुलाइ परिस्कृत गर्न नसक्ने अल्छे ल्वांठहरुको बिघटन मात्र होइन पतन निश्चित छ । साथै नेपाल जस्तो समाजवाद चाहाने र देशलाइ माया गर्ने जनताहरुको बाहुल्यता रहेको देशमा नंया अनुहार लिएर झुल्किरहेका भ्रमका बेलु्नहरु पनि फुट्ने छन् । त्यसैले अबको समय नेकपा र नेपाली बिशेषताको समाजवादको समय हो ।
२६ माघ २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
ne_NPNepali