Skip to main content

Purbi Garjan

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : उद्घाटन खेलमा भारतको सिलिगुडी विजयी

मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगीमा आजदेखि शुरु भएको इण्डो- नेपाल टि – ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतको सिलिगुडीले विजयी शुरुआत गरेको छ।

बाहुणडाँगी युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको ड्रागन -११ लाई ४४ रनले पराजित गर्दै सिलिगुडीको पेनोरिस -११ ले विजयी शुरुआत गरेको हो । टस हारेर पहिलो व्याटिङ गरेको सिलिगुडीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८९ रन बनाउँदै विशाल स्कोर खडा गरेको थियोे । सिलिगुडीका लागि राकेशले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५३ रन प्रहार गरे। उनले ३३ बलमा ५३ रन बनाएर राजु धिमालको बलमा क्याच आउट भएका थिए। त्यस्तै सिलिगुडीका लागि सुभांकरले ३० बल खेल्दै ४५ रन , अरिन्दमले १९ बलमा नटआउट ४२ रन प्रहार गरेका थिए भने सोतुले १२ बलमा नटआउट १७ रन बनाएका थिए।

बलिङतर्फ ड्रागन -११ का मोहन राजवंशीले २ तथा राजु धिमालले १ विकेट हात पारे ।

१९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा ड्रागन -११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियोे । ड्रागनका लागि राजिभ महत्तोले सर्वाधिक ३९ बलमा ३९ रन बनाउँदै आउट भएका थिए भने निर्मल न्यौपानेले आक्रामक ब्याटिङ गर्ने क्रममा १६ बलमा ३४ रन बनाएका थिए। त्यस्तै अमित दाहालले ११ बलमा १४ तथा मिलन धिमालले १० बलमा १५ रन बनाएका थिए। ड्रागनका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सिलिगुडीका राकेशले सर्वाधिक ३ विकेट लिए भने अरिन्दम र देवाशिसले समान २- २ विकेट हात पारे। खेलको म्यान अफ द म्याच सिलिगुडीका राकेश घोषित भए । उनले नगद रु १०००/- र मायाको चिनो प्राप्त गरे।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वडा नम्बर -४ का वडाध्यक्ष अर्जुनकुमार कार्किले गरेका थिए। उनले व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्। बाहुणडाँगीको अर्को पहिचान खेलकुद पनि रहेको उल्लेख गर्दै कार्कीले अब बाहुणडाँगीले थुप्रै प्रतिभाहरु जन्माउने र छिट्टै सुविधा सम्पन्न क्रिकेट एकेडेमी सञ्चालन हुने विश्वास व्यक्त गरे।

आजबाट शुरु भएको प्रतियोगितामा १२ टिम सहभागी रहेका छन् भने फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali