Skip to main content

Purbi Garjan

विप्लव नेतृत्वको युवा संगठन नेपालको बैठक सम्पन्न, चैत्र १२ गते मेची -महाकाली मार्च अभियानमा ५०० युवा स्वंमसेवक परिचालन गर्ने साथै बैशाख २७ गते सम्मेलन गर्ने निर्णय

झापा / फागुन २४ — युवा संगठन नेपाल, विप्लव नेतृत्वको बैठक झापाको बिर्तामोड स्थित नेपाल कम्युनिस्ट पार्टी को कार्यालयमा सम्पन्न भएको छ। बैठकले सोनाम सीको नेतृत्वमा २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ। आगामी बैशाख २७ गते युवा संगठन नेपालको सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी जिल्ला इन्चार्ज तथा प्रमुख अतिथि सुमनसिंह सी ले देश यति बेला संकटमा रहेको बताउदै । यसको निकास सडकमा कराउँदै गरेको राजबादी र यहि लोकतान्त्रिक ब्यवस्थाको विकल्प लोकतन्त्र नै भन्ने कंग्रेस ,एमाले र माओवादी हुन नसक्ने बताउनु भयो। अबको बिकल्प अग्रगामी बिचार र ब्यवस्था नेपाली विशेषताको समाजबाद मात्रै हुने जोड दिदै युवाहरू यस्को नेतृत्व गर्न तयार रहन अपिल गर्नु भयो । अतिथिहरू अर्जुन सी, युवा संगठन का महासचिव सुवास सी ,सञ्जय सी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी, बैठकले आगामी चैत १२ गते ५०० जना युवाहरूलाई महासभिब “मेची-महाकाली जागरण अभियान ” कार्यक्रमका लागि परिचालन गर्ने निर्णयसमेत गरेको छ। संगठनका नेताहरूका अनुसार, उक्त कार्यक्रम देशव्यापी रुपमा युवाहरूलाई संगठित गर्न तथा संगठनलाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गरिँदैछ ।

बैठकमा संगठन विस्तार, आगामी रणनीति तथा युवा जागरण अभियानबारे व्यापक छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali