Purbi Garjan

विप्लव नेतृत्वको युवा संगठन नेपालको बैठक सम्पन्न, चैत्र १२ गते मेची -महाकाली मार्च अभियानमा ५०० युवा स्वंमसेवक परिचालन गर्ने साथै बैशाख २७ गते सम्मेलन गर्ने निर्णय

झापा / फागुन २४ — युवा संगठन नेपाल, विप्लव नेतृत्वको बैठक झापाको बिर्तामोड स्थित नेपाल कम्युनिस्ट पार्टी को कार्यालयमा सम्पन्न भएको छ। बैठकले सोनाम सीको नेतृत्वमा २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ। आगामी बैशाख २७ गते युवा संगठन नेपालको सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी जिल्ला इन्चार्ज तथा प्रमुख अतिथि सुमनसिंह सी ले देश यति बेला संकटमा रहेको बताउदै । यसको निकास सडकमा कराउँदै गरेको राजबादी र यहि लोकतान्त्रिक ब्यवस्थाको विकल्प लोकतन्त्र नै भन्ने कंग्रेस ,एमाले र माओवादी हुन नसक्ने बताउनु भयो। अबको बिकल्प अग्रगामी बिचार र ब्यवस्था नेपाली विशेषताको समाजबाद मात्रै हुने जोड दिदै युवाहरू यस्को नेतृत्व गर्न तयार रहन अपिल गर्नु भयो । अतिथिहरू अर्जुन सी, युवा संगठन का महासचिव सुवास सी ,सञ्जय सी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी, बैठकले आगामी चैत १२ गते ५०० जना युवाहरूलाई महासभिब “मेची-महाकाली जागरण अभियान ” कार्यक्रमका लागि परिचालन गर्ने निर्णयसमेत गरेको छ। संगठनका नेताहरूका अनुसार, उक्त कार्यक्रम देशव्यापी रुपमा युवाहरूलाई संगठित गर्न तथा संगठनलाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गरिँदैछ ।

बैठकमा संगठन विस्तार, आगामी रणनीति तथा युवा जागरण अभियानबारे व्यापक छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुकेस गुरुङलाई ६औं जीनियस अवार्डमा “बेस्ट डेब्यु मोडल”को सम्मान

निशान निराैला ईलाम –२७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उ...

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२...
एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पु...

जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे...
ne_NPNepali