Skip to main content

Purbi Garjan

धितालको स्वरमा विरही अधिकारीको “दुखी रहेछ जिन्दगी” सार्वजनिक

मेचीनगर । नवोदित गायक जीवन धितालको स्वरमा रहेको दुखी रहेछ जिन्दगी बजारमा आएको छ ।

गीतकार विरही अधिकारीको शब्द रचना रहेको गीतमा हरी पौडेलले सङ्गित भरेका छन् ।

कलाको माध्यमबाट जीवन गुजार्न नेपाली समाजमा व्यहोर्नुपर्ने सकस गीतको पार्श्व दृश्यमा देख्न सकिन्छ ।
गीतमा समावेश नेपाली समाजमा साहित्यकारहरुले आफ्नो सिर्जना पस्कन झेल्नुपरेको संघर्षको दृश्यले दर्शक एवम् पाठकलाई भावुक बनाउँछ ।

साङ्गीतिक क्षेत्रमा अनवरत जीवन खर्चेका सर्जकको उपस्थितिले गीतको ओज बढेको पाठकहरुले प्रतिक्रिया दिएका छन् ।

गीतलाई एक कार्यक्रमको आयोजना गरी केही दिनअघि भद्रपुरस्थित एयरपोर्ट होटलको सभाहलमा विमोचन गरिएको थियो ।

गीतलाई शुक्रवार बेलुकी ओएसआर डिजिटल यूट्युब च्यानलबाट रिलिज गरिएको छ ।

कृष्ण अनमोलले भिडियो निर्देशन गरेको गीतको एरेन्जर ध्रुव आचार्य रहेका छन् ।

एडी रेकर्डिङ स्टुडियो काँकरभिट्टामा रेकर्ड गरिएको गीतलाई सिलिगुडीमा मिक्सिङ गरिएको हो ।

सुधिरसिंह बराइली रेकर्डिष्ट रहेको गीतमा कलाकारहरु कृष्ण अनमोल, सृष्टि आचार्य, महेन्द्र कोइराला, अर्जुन खरेल, सनम शाह शंकर, रोनी सुन्दासलगायतका कलाकारहरुको अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali