Skip to main content

Purbi Garjan

तोरीको तेल उत्पादन गर्दै एनएमसी एग्रो फार्म

मेचीनगर । देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो एग्रो फार्म व्यवसाय मार्फत तोरीको तेल प्रशोधन गरी बजारमा ल्याउने भएको छ । बहुउद्देश्यीय प्रकृतिका कारण यसअघि डेरी, एग्रो फार्म, सहकारी पसल, चिया उद्योग तथा प्याकेजिङ उद्योग सञ्चालन गर्दै आएको एनएमसीले व्यवसाय विस्तारका क्रममा तोरीको तेललाई समेत अगाडि बढाएको हो ।

आफ्ना सदस्य किसानबाट खरिद गरिएको तोरीलाई आधुनिक उपकरणबाट प्रशोधन गरी शुद्ध तोरीको तेल बजारमा ल्याउने उद्देश्यले एनएमसीले चैत २४ गते मेचीनगर–१४, दुहागढीस्थित एग्रो फार्ममा तोरीको तेल मिलको शुभारम्भ गरेको छ । निर्मित उक्त मिलको आज एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले औपचारिक उद्घाटन गरेका हुन् । मिलको ‘मेन स्वीच’ थिच्दै नगरप्रमुख बुढाथोकीले औपचारिक उद्घाटन गरे ।

उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बुढाथोकीले पछिल्लो समय बजारमा शुद्ध तोरीको तेल आउन छोडेको र बजारमा पाइने तेलले आम उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याइरहेको परिस्थितिमा अब केही सहज हुने बताए । मानव स्वास्थ्यका लागि सचेत भएर स्थानीय उत्पादनलाई स्वास्थ्यबर्धक तोरीको तेल सहज पहुँचका साथ उपलब्ध गराउने प्रयास एनएमसीको प्रशंसायोग्य कार्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा मिल स्थापनाको उद्देश्य र संस्थाको अन्य गतिविधिका बारे जानकारी दिँदै संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाले अघि बढाइरहेको योजनामा अर्को नविन योजना थपिएको बताए । उनले मिलमा विशेष गरी उत्पादित तोरीलाई प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन गर्न सहज हुने जनाए । उनले पछिल्लो समय बजारमा शुद्ध तोरीको तेल आउन छोडेको र बजारमा पाइने तेलले आम उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याइरहेको परिस्थिति छ । जसलाई चिर्दै शुद्ध तोरीको तेल बजारमा पुर्याउने संस्थाको उद्देश्य रहेको बताए ।

२०५० सालमा स्थापना भएको संस्थाले वि.सं. २०७२ सालसम्म बचत तथा ऋण व्यवसायको कारोबार गर्दै आएकोमा दुग्ध किसानहरुलाई आर्थिक टेवा पु¥याउने उद्देश्यले २०७२ सालदेखि बहुव्यवसायको अवधारणा अघि बढाउँदै मेचीनगर–८, इँटाभट्टामा डेरी उद्योगको स्थापना गरेको थियो । त्यसपछि कृषि फार्म, सहकारी पसल तथा चिया उद्योगका साथै स्थानीय खाद्यवस्तु आफ्नै प्याकेजिङ उद्योगबाट प्याकेजिङ गरी बजारीकरण गर्दै आएको संस्थाका अध्यक्ष ठाकुर सिवाकोटीले बताए ।

झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र कायम भएको संस्थाले यसअघि पनि कृषिकर्ममा आफूलाई परिचित बनाउँदै आएको बताए । अब संस्थाले आफ्नो एग्रो फार्म व्यवसाय मार्फत तोरीको तेल प्रशोधन गरी बजारमा ल्याउने एनएमसी एग्रो फार्म व्यवसायका व्यवसाय प्रमुख चेतन शर्माले जानकारी दिए । झापा र मोरङ जिल्ला तोरी उत्पादनका दृष्टिले उर्वर भूमि मानिन्छ उनले भने, शुद्ध तोरीको तेलको सट्टा भारतीय गुणस्तरहिन तेल उपभोग गर्न बाध्य सदस्यका लागि एनएमसी आफैँले शुद्ध तोरीको तेल उत्पादनमा अगाडि बढेको शर्माको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali