Skip to main content

Purbi Garjan

प्रथम बाहुण्डाँगी च्यालेन्ज कप: आयोजकलाई पराजित गर्दै धाइजन फाइनलमा

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को उपाधि होडबाट बाहिरिएको छ । बिहीबार सम्पन्न खेलमा धाइजन एफसीसँग पराजित हुँदै आयोजक बाहुण्डाँगी सेमिफाइनलबाटै बाहिरिएको हो ।

बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा धाइजन एफसीले आयोजकलाई २–१ गोल अन्तरले हराएको हो । फाइनल खेल शनिबार रेडहर्ष इलाम र धाइजन एफसीबीच हुनेछ ।

मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको ३७ औँ मिनेटमा धाइजन एफसीका आर्यन राईले गोल गर्दै अग्रता दिलाए । त्यसैगरी, धाइजनकै आशिष चापागाईले ७९ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको प्लेयर अफ द म्याच धाइजनका आशिष चापागाई घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali