Skip to main content

Purbi Garjan

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

धुलाबारी । झापाको धुलाबारीबाट अवैध रूपमा भित्र्याइँदै गरेका १३ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज दिउँसो साढे ३ बजे धुलाबारीबाट ईटहरी जाने तयारीमा रहेको बसमा चढ्न खोजिरहेका भारत पश्चिम बंगालका ६५ वर्षीय नुर आलमलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आलमले भन्सार छली गरी झोलामा लुकाइछिपाई ल्याएका मोबाइलहरूको अनुमानित मूल्य पाँच लाख चालिस हजार रुपैयाँ (रु. ५,४०,०००) बराबर रहेको छ। बरामद मोबाइलहरू आइफोन ११ देखि १३ सम्मका विभिन्न मोडलका रहेको जनाइएको छ।

पक्राउ परेका व्यक्ति र बरामद मोबाइलहरूलाई आवश्यक कारबाहीका लागि मेचि भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali