Skip to main content

Purbi Garjan

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

धुलाबारी । झापाको धुलाबारीबाट अवैध रूपमा भित्र्याइँदै गरेका १३ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज दिउँसो साढे ३ बजे धुलाबारीबाट ईटहरी जाने तयारीमा रहेको बसमा चढ्न खोजिरहेका भारत पश्चिम बंगालका ६५ वर्षीय नुर आलमलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आलमले भन्सार छली गरी झोलामा लुकाइछिपाई ल्याएका मोबाइलहरूको अनुमानित मूल्य पाँच लाख चालिस हजार रुपैयाँ (रु. ५,४०,०००) बराबर रहेको छ। बरामद मोबाइलहरू आइफोन ११ देखि १३ सम्मका विभिन्न मोडलका रहेको जनाइएको छ।

पक्राउ परेका व्यक्ति र बरामद मोबाइलहरूलाई आवश्यक कारबाहीका लागि मेचि भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali