Purbi Garjan

दिन: २०८२ जेष्ठ ३१, शुक्रबार

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

धुलाबारी । झापाको धुलाबारीबाट अवैध रूपमा भित्र्याइँदै गरेका १३ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज दिउँसो साढे ३ बजे धुलाबारीबाट ईटहरी जाने तयारीमा रहेको बसमा चढ्न खोजिरहेका भारत पश्चिम बंगालका ६५ वर्षीय नुर आलमलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आलमले भन्सार छली गरी झोलामा लुकाइछिपाई ल्याएका मोबाइलहरूको अनुमानित मूल्य पाँच लाख चालिस हजार रुपैयाँ (रु. ५,४०,०००) बराबर रहेको छ। बरामद मोबाइलहरू आइफोन ११ देखि १३ सम्मका विभिन्न मोडलका रहेको जनाइएको छ। पक्राउ परेका व्यक्ति र बरामद मोबाइलहरूलाई आवश्यक कारबाहीका लागि मेचि भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले…
Read More
ne_NPNepali