Skip to main content

Purbi Garjan

बाहुण्डाँगी जेसीजद्वारा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण

मेचीनगर, झापा । बाहुण्डाँगी जेसीजले अति विपन्न अवस्थाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ। मेचीनगर–१ स्थित पवित्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा तीन जना विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको हो।

विद्यालयका शिक्षक तथा जेसीज सदस्य जेसी विष्णु अधिकारीका अनुसार बाँडिएको सामग्रीमा पोशाकसहित शैक्षिक सामग्रीहरू समावेश छन्।

वितरण कार्यक्रम बाहुण्डाँगी जेसीज २०२५ का कानुनी सल्लाहकार जेसी अनिश काफ्लेको जन्मदिनको अवसर पारेर गरिएको हो। उहाँको आर्थिक सहयोगमा दुई जना विद्यार्थीलाई र शिक्षक अधिकारीको सहयोगमा एक जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको अध्यक्ष जेसी नित्यानन्द चम्लागाईंले जानकारी दिनुभयो।

कार्यक्रम अध्यक्ष चम्लागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मेचीनगर–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार राई हुनुहुन्थ्यो। कार्यक्रमको संयोजन जेसी अनिश काफ्लेले गर्नुभएको थियो।

महासचिव जेसी सुस्मा मिश्रले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। त्यस्तै, जेसी आस्था, जेसी प्रतिमा रिजाल र मिसन भिजन जेसी प्रबिन चापागाईंले बाचन गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुव थापा र प्रमुख अतिथि राईले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष चम्लागाईंले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले साबिक बाहुण्डाँगी क्षेत्रका विद्यालयहरूमा यस्ता विद्यार्थी भए जेसीज सधैं सहयोग गर्न तत्पर रहने उल्लेख गर्नुभयो।

यता, जेसी अनिश काफ्लेले आफू ४० वर्षको उमेरसम्म हरेक वर्षको जन्मदिनमा विपन्न विद्यार्थीलाई सहयोग गर्दै जाने वाचा गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali