झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ता हुँदै आत्मनिर्भर देश’ भन्ने नाराका साथ देशव्यापी उत्पादन अभियान तीव्र बनाएको छ। असार १० गतेदेखि सुरु भएको यो अभियान साउन १० गतेसम्म सञ्चालन हुनेछ, जसमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता खेत–बारीदेखि खलिहानसम्म सक्रिय रुपमा खटिएका छन्। पार्टी महासचिव विप्लव सीका अनुसार, यो अभियान पार्टीको मात्र नभई देश र जनताको साझा प्रयास हो। यसले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र जनतालाई स्वाभिमानी तथा स्वाधीन जीवनयापनको दिशामा अग्रसर गराउने लक्ष्य लिएको छ। व्यवहारमा उतारिँदै आत्मनिर्भरताको दर्शन नेकपाले विगतदेखि नै आत्मनिर्भर पार्टी निर्माणको वैचारिक आधार तयार गरी व्यवहारमा उतार्ने प्रयास गर्दै आएको…
क्वालालम्पुर । ओपनर प्रसिद्ध जैसीको शानदार शतक र कप्तान विपिनप्रसाद शर्माको उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले नेपालले एसिसी यू–१६ इस्ट जोन कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ। नेपालले आइतबार भएको समूह चरणको तेस्रो खेलमा इण्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो। नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रनको विशाल योगफल तयार गर्यो। जवाफमा इण्डोनेसिया २४.३ ओभरमा मात्र ५० रनमा समेटियो। नेपालका ओपनर प्रसिद्ध जैसीले ११५ बलमा १५ चौका र १ छक्का सहित १३२ रनको शतकीय इनिङ खेले। पहिलो विकेटका लागि उनले परिमार्जन यादवसँग १३२ रनको साझेदारी गरे। परिमार्जनले २८…
मेचीनगर, झापा । बाहुण्डाँगी जेसीजले अति विपन्न अवस्थाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ। मेचीनगर–१ स्थित पवित्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा तीन जना विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको हो। विद्यालयका शिक्षक तथा जेसीज सदस्य जेसी विष्णु अधिकारीका अनुसार बाँडिएको सामग्रीमा पोशाकसहित शैक्षिक सामग्रीहरू समावेश छन्। वितरण कार्यक्रम बाहुण्डाँगी जेसीज २०२५ का कानुनी सल्लाहकार जेसी अनिश काफ्लेको जन्मदिनको अवसर पारेर गरिएको हो। उहाँको आर्थिक सहयोगमा दुई जना विद्यार्थीलाई र शिक्षक अधिकारीको सहयोगमा एक जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको अध्यक्ष जेसी नित्यानन्द चम्लागाईंले जानकारी दिनुभयो। कार्यक्रम अध्यक्ष चम्लागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मेचीनगर–१ का वडाध्यक्ष तथा विद्यालय…