Skip to main content

Purbi Garjan

प्रसिद्धको सतक र कप्तान विपिनको उत्कृष्ट प्रदर्शनमा नेपालको सानदार जित, सेमिफाइनलमा प्रवेश

क्वालालम्पुर । ओपनर प्रसिद्ध जैसीको शानदार शतक र कप्तान विपिनप्रसाद शर्माको उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले नेपालले एसिसी यू–१६ इस्ट जोन कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ।

नेपालले आइतबार भएको समूह चरणको तेस्रो खेलमा इण्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो।

नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रनको विशाल योगफल तयार गर्‍यो। जवाफमा इण्डोनेसिया २४.३ ओभरमा मात्र ५० रनमा समेटियो।

नेपालका ओपनर प्रसिद्ध जैसीले ११५ बलमा १५ चौका र १ छक्का सहित १३२ रनको शतकीय इनिङ खेले।
पहिलो विकेटका लागि उनले परिमार्जन यादवसँग १३२ रनको साझेदारी गरे। परिमार्जनले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रन बनाए।

तेस्रो विकेटका लागि प्रसिद्धले रौनक श्रीवास्तवसँग १३६ बलमा १४८ रनको साझेदारी गरे। रौनकले ८ चौका र २ छक्का सहित ८८ रन जोडे।

पाँचौं विकेटका लागि सुगम बुढाथोकी र जोय थापाबीच ५७ बलमा ७४ रनको साझेदारी भयो। जोयले ४१ बलमा ७ चौका सहित ५७ रन बनाए।
सुगम बुढाथोकीले ३४ बलमा ३९ रन तथा रोशन शाहीले १० रन बनाउँदै अविजित रहे।

बलिङतर्फ इण्डोनेसियालाई सस्तैमा समेट्न कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभरमा १२ रन खर्चेर ६ विकेट लिएका थिए।
शुभम खनाल र सुगम बुढाथोकीले समान १-१ विकेट लिए।

इण्डोनेसियाका लागि कविन निरज चन्दा र दिभित नन्दाले क्रमशः १५ र १४ रन बनाए। बाँकी ९ खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

एसिसीको बार्षिक कार्यतालिकाअनुसार आयोजना गरिएको प्रतियोगितामा १० टोली सहभागी छन्।
नेपाल समूह ‘ए’ मा सिंगापुर, इण्डोनेसिया, भुटान र जापानसँग छ।
समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

नेपालले यसअघि सिंगापुर र जापानलाई पराजित गरिसकेको छ। समूह चरणको अन्तिम खेल नेपालले असार १७ गते भुटानसँग खेल्नेछ।
प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। प्रतियोगिताको फाइनल असार २१ गते (जुलाई ५) हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali