खेलकुद जीवन, समाज र देशलाई एकतावद्ध बनाइराख्ने महत्वपुर्ण कसी हो- विप्लव

Byadmin

२२ आश्विन २०८०, सोमबार १३:३३ २२ आश्विन २०८०, सोमबार १३:३३ २२ आश्विन २०८०, सोमबार १३:३३

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले खेलकुद जीवन, समाज र देशलाई एकतावद्ध बनाईराख्ने महत्वपुर्ण कसी भएको बताएका छन्।

सोमबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ सेन्टरमा नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा आयोजित वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो उनले बताएका हुन्।

वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिको समापन कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्न नयाँ बसपार्क पुगेका नेकपाका महासचिव विप्लव सीले खेलकुद जीवन, समाज देशलाई जोड्ने महत्वपुर्ण कसी भएकोले यसलाई निरन्तरता दिदै देश,समाज र राष्ट्रको एकताको कसिलाई टुट्न नदिन यस्तो आयोजनाहरुलाई निरन्तरता दिराख्नुपर्ने बताए।

सम्बोधनको सुरुवातमा पार्टीका पोलिटब्युरो सदस्य बिरजंग सीको स्मृती गर्दै  उनले भने, ‘उहाको खेलकुद लगाएत विभिन्न क्षेत्रको अनुभव भएपनी कतैपनी क्षेत्रमा नलागी देश, जनता र राष्ट्रको हितमा काम गर्न निस्वार्थ रुपमा निरन्तर राजनीतिमै रहेर योगदान गर्दागर्दै हामीबाट बिदा हुनुभयो, उहा लगाएत सम्पूर्ण बिसिस्ट व्यक्तिव र सहिदहरुको स्मृतीमा यस्ता विभिन्न खेलकुदहरुको आयोजना गर्दै आएका छौ।’

इजरायलको पछिल्लो घटनालाई लक्षित गर्दै उनले  ‘नेपालको राजनीति प्रणालीमा अस्थिरता, अनिश्चयता बढिरहेकाले नेपालका युवा नौजवानाहरु विदेशीको भट्टीमा गुलाम हुन जानुपर्ने बाद्यता सिर्जना भएको छ त्यसैको फलस्वरुप बिदेशी भूमिमा दिनानुदिन नेपालीहरुले अकाल मृत्युवरण गरिराख्नु परिरहेको छ। त्यसैको ज्वलन्त उदाहरण हो इजरायल घटना । नेपालको राज्यसत्ताले युवाहरुलाई स्वदेशमा अवसर र रोजगारीको वातावरण सिर्जना नगरिदिएको कारण अवसरको खोजीमा त्यहा पुगेका नेपालीहरुको चित्कार  सरकारको नेतृत्व कर्ताले सुन्नु पर्ने र घाइते तथा प्यालेस्टाइनको आक्रमणका कारण बन्दक तथा ज्यान गुमाएकाहरुको उद्दारका लागी छिटोभन्दा छिटो पहलकदमी लिएर पिडित नेपालीहरुलाई स्वदेश फिर्ता गर्नुपर्ने  माग समेत गरे।’

उनले थपे, ‘हामीले उद्धारका लागी प्रचण्ड नेतृत्वको सरकारलाई उद्धारका लागी दवाव दिन विभिन्न दवाव मुलक  प्रदर्शन पनि गरिरहेका छौ।’

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ सेन्टरमा चलिरहेको फाइनल खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लवबिच भईरहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु ५ लाख रहेको छ ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *