Skip to main content

Purbi Garjan

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट टावर आइपुग्यो, छिट्टै जडान हुने

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। त्यसैक्रममा मैदानमा जडान गरिने फ्लडलाइट टावरहरू बुधबार काठमाडौं आइपुगेका छन्।

भारतको उत्तरप्रदेशबाट करिब ९ दिनको यात्रा गर्दै ती टावरहरू राजधानी ल्याइएको हो। हाल ती टावरहरू मैदानको बाहिरी क्षेत्रमा राखिएको छ र छिट्टै जडान कार्य सुरु गरिनेछ।

रात्रिकालीन खेल सञ्चालनका लागि अत्यावश्यक मानिने फ्लडलाइट जडान र प्याराफिट विस्तारको काम बीकेओआई–केसीडिसी–बीजी जेभीले गरिरहेको छ। यो परियोजनाको कुल लागत रु ४३ करोड ७७ लाख ३० हजार ११३ रहेको छ।

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्दै नियमित दिन तथा रातमा खेल सञ्चालन गर्न सकिने बनाउने लक्ष्य लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali