Skip to main content

Purbi Garjan

झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, आमा–छोरा गम्भीर घाइते

झापा । झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्।

मंगलबार दिउँसो ३:४० बजे राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR 37 AZ 6440 मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका स्कुटर चालक र मोटरसाइकल चालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल, भद्रपुर पुर्‍याइएकोमा उपचारकै क्रममा साँझ ४:४० बजे दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजबंशी रहेको खुलेको छ। अर्का मृतक मोटरसाइकल चालकको पहिचान भने खुल्न बाँकी छ।

स्कुटरमा सवार मृतकको बुहारी २७ वर्षीया उर्मिला राजबंशी र उनका ३ वर्षीय छोरा आयुष राजबंशी गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको र हाल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुवै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali