Skip to main content

Purbi Garjan

टि–ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल समुह “बी” मा

झापा । टि–ट्वान्टी विश्वकप क्रिकेटको एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा कुवेत र जापानसँग परेको हो ।

यस प्रतियोगितामा कुल ९ टोली सहभागी छन् । सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा यूएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्यू गिनी (पीएनजी) र समोआ परेका छन् ।

प्रत्येक समूहको शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन् । त्यसपछि सुपर सिक्स चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोलीले टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छन् ।

आईसीसीका अनुसार समूह चरणका खेलहरू अक्टोबर ८ देखि १० सम्म र सुपर सिक्स चरणका खेलहरू अक्टोबर १२ देखि १७ सम्म सञ्चालन हुनेछन् । विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्रीय छनोट अक्टोबर १० देखि १७ सम्म सञ्चालन हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali