Purbi Garjan

दिन: २०८२ असार २६, बिहीबार

मेची पुल तस्करीको अखडा : भन्सार कर्मचारीलाई घुस, लाखौंको राजस्व ढुस

मेची पुल तस्करीको अखडा : भन्सार कर्मचारीलाई घुस, लाखौंको राजस्व ढुस

झापा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची भन्सार कार्यालय अहिले राजस्व लुट्ने खुला अखडा बनेको छ। पाँच किलो चिनी बोकेको सर्वसाधारणलाई कडा जाँच गर्ने भन्सार अधिकारीहरु, लाखौंको तस्करी गर्ने गिरोहसँग भने हातेमालो गर्दै अनाहकमा राष्ट्रको ढुकुटी रित्याइरहेका छन्। बिहान ६ बजेदेखि पुरानो मेची पुल तस्करीको सामानले गोदाममा परिणत हुन्छ। भारतीय सीमा सुरक्षा बल एसएसबी ले सख्त निगरानी थालेपछि तस्करीको केन्द्र सिधै मेची पुलमै खुम्चिएको छ। अहिले पुलबाट भित्रिने सामग्रीमा लत्ताकपडा, मोटर पार्ट्सदेखि खाद्यान्न र किराना सामानसम्म छन् — सवारीको लाइन लाग्ने हैन, तस्करीको मेला लाग्ने स्थिति छ। जसले जाँच गर्नुपर्ने हो, उसैले रकम उठाउने धन्दा चलाएको छ। भन्सारका कर्मचारीदेखि…
Read More
झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित सडक छेउमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। बुधबार राति १०:४५ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको गस्ती टोलीले अन्दाजी ४०–४५ वर्षको पुरुषलाई टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो। घाइते अवस्थामा रहेका उनलाई तत्कालै उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। तर, राति १०:५५ बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरे। घटनाबारे अनुसन्धानका क्रममा आज दिउँसो १२:०० बजे काकडभिट्टा बसपार्कबाट बा ५ ख ६८०३ नम्बरको हायस र त्यसका चालक मकवानपुर, थाहा नगरपालिका–७ निवासी २७ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय…
Read More
टि–ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल समुह “बी” मा

टि–ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल समुह “बी” मा

झापा । टि–ट्वान्टी विश्वकप क्रिकेटको एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह 'बी' मा कुवेत र जापानसँग परेको हो । यस प्रतियोगितामा कुल ९ टोली सहभागी छन् । सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा यूएई, मलेसिया र कतार छन् भने समूह 'सी' मा ओमान, पपुवा न्यू गिनी (पीएनजी) र समोआ परेका छन् । प्रत्येक समूहको शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन् । त्यसपछि सुपर सिक्स चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोलीले टि–ट्वान्टी विश्वकपमा…
Read More
बर्खायाममा सर्पदंशको जोखिम र सुरक्षाका उपाय

बर्खायाममा सर्पदंशको जोखिम र सुरक्षाका उपाय

नेपालको तराई क्षेत्र वर्षायाममा सर्प आतंकको केन्द्र बन्ने गर्दछ। वर्षातसँगै खोला, नाला, पिँढी तथा बारी डुबानमा परेपछि सर्पहरू सुरक्षित स्थान खोज्दै घर, गोठ, थानी, भकारीजस्ता ठाउँमा प्रवेश गर्छन्। यसरी मानिसको सिधा सम्पर्कमा आउनाले सर्पले टोक्ने घटनाहरू हरेक वर्ष दोहोरिन्छन्। यस्तो अवस्थामा सही जानकारी र सावधानी अपनाउँदा मृत्युजस्तो गम्भीर जोखिमबाट बच्न सकिन्छ।  सर्पदंशको लक्षणहरू सर्पले टोकेपछि देखिने मुख्य लक्षणहरू यस्ता हुन्छन्: टोकेको स्थानमा दुईवटा प्वाल देखिनु तीव्र दुखाइ र सुजन छटपटाहट, वाकवाकी, वान्ता टाउको भारी हुनु, आँखामा धमिलो देखिनु बोल्न वा सास फेर्न गाह्रो हुनु मुटुको धड्कन असामान्य हुनु शरीर लत्रिनु वा अचेत हुनु (गम्भीर अवस्थामा) नोट: सबै सर्प विषालु हुँदैनन्,…
Read More
पैनिमा डुबेर मेचीनगरका एक युवाको मृत्यु

पैनिमा डुबेर मेचीनगरका एक युवाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–५ स्थित सिताराम टोलका एक व्यक्ति पैनिमा डुबेर मृत अवस्थामा फेला परेका छन्। बुधबार राति अन्दाजी ८: ३५ बजे स्थानीय शुक ब. सुब्बाका ३७ वर्षीय छोरा उत्तम सुब्बा घरदेखि करिब ३०० मिटर दक्षिणतर्फ रहेको पैनिमा डुबेको अवस्थामा मृत फेला परेका हुन्। घटनाबारे जानकारी पाएलगत्तै साँझ ८:४० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Read More
ne_NPNepali