Skip to main content

Purbi Garjan

मेची पुल तस्करीको अखडा : भन्सार कर्मचारीलाई घुस, लाखौंको राजस्व ढुस

झापा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची भन्सार कार्यालय अहिले राजस्व लुट्ने खुला अखडा बनेको छ। पाँच किलो चिनी बोकेको सर्वसाधारणलाई कडा जाँच गर्ने भन्सार अधिकारीहरु, लाखौंको तस्करी गर्ने गिरोहसँग भने हातेमालो गर्दै अनाहकमा राष्ट्रको ढुकुटी रित्याइरहेका छन्।

बिहान ६ बजेदेखि पुरानो मेची पुल तस्करीको सामानले गोदाममा परिणत हुन्छ। भारतीय सीमा सुरक्षा बल एसएसबी ले सख्त निगरानी थालेपछि तस्करीको केन्द्र सिधै मेची पुलमै खुम्चिएको छ। अहिले पुलबाट भित्रिने सामग्रीमा लत्ताकपडा, मोटर पार्ट्सदेखि खाद्यान्न र किराना सामानसम्म छन् — सवारीको लाइन लाग्ने हैन, तस्करीको मेला लाग्ने स्थिति छ।

मेची पुलको अवस्था

जसले जाँच गर्नुपर्ने हो, उसैले रकम उठाउने धन्दा चलाएको छ। भन्सारका कर्मचारीदेखि कार्यालय सहयोगीहरु समेत मासिकदेखि हप्ताको दरमा तस्करी गिरोहसँग स्थायी सेटिङमा छन्। कुनै सामान बिना बिल आउँछ, जाँचकीहरु हातहातमै घुस बुझ्छन्, अनि त्यो सामान नेपाली बजारसम्म निस्फिक्री पुग्छ।

यदि तपाईं पानीट्यांकी हुँदै पुरानो मेची पुल पार गर्दै नेपाल आउनुभयो भने त्यहाँको ‘भन्सार नाटक’ प्रत्यक्ष हेर्न सक्नुहुन्छ — खुल्ला घुस, ढोकामा जाँच र पछि पैसा खाँदै छुट।

पछिल्लोसमय मेची पुल हुँदै तस्करी गिरोहले सक्रिय रुपमा काम गराइरहेको तथ्य पुर्वी गर्जनले फेला पारेको छ। तस्करीको गिरोहले भरिया खडा गर्दै चेकजाँचमा खटिएका भन्सारका कर्मचारीलाई प्रलोभनमा पारेर दैनिक लाखौंको सामान नेपाल भित्र्याउन सफल भएको छ। मेची पुलमा गोदाम खडा गरेर सिटी रिक्साका डिकी फिटिङ गर्दै सामान नेपाल भित्र्याउने गरिएको छ।

तस्करीहरुको सिधा कनेक्सन ड्युटीमा खटिएका कर्मचारीसँग हुने गरेको छ। जसका कारण कर्मचारीले सिग्नल दिएपछि मात्रै तस्करीको सामान नेपाल भित्रिने गर्दछ।

मेची पुलको गोदाम

भन्सार प्रमुख हरिहर पौडेल, जसलाई नेपालका भन्सार विज्ञ मानिन्छ, यिनकै आँखामुनि सेटिङको चटारो चलेको छ। कार्यालयमा रहेको सिसी क्यामेराले सबै दृश्य देखाउँछ, तर उनले देख्दैनन् या नदेखे झैँ गर्छन्। बारम्बार जानकारी गराइँदा पनि कानमा तेल हालेर बसेका पौडेल अब गम्भीर प्रश्नको घेरामा परेका छन्।

राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको संयुक्त निगरानी टोली खटाइएको भनिए पनि तीनै निकायका कर्मचारी तस्करहरुसँग मिलेर ‘ड्युटीको कमाइ’ गरिरहेका छन्। बाटोमा खटिने कार्यालय सहयोगीको त कुरा छोडौँ, जाँचकी र ड्युटिका सुब्बाहरु भन्सार परिमाणलाई कम्ति देखाउदैँ अवैध तर मार्न पल्केको कुरा मिडियामा सार्वजनिक हुदाँसम्म भन्सार प्रमूखको कुनै चासो नदेखिनुले उनीमाथि पनि असुलिको शंखाको सुइ तेर्सिएको छ ।

एकातिर राष्ट्रको तलबभत्ता खाने, अर्कातिर राष्ट्रकै ढुकुटीमा डकैती गर्ने यस्ता कर्मचारीमाथि कारबाही हुन्छ कि हुँदैन ? यो आम नागरिकको आक्रोश र चासोको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

झापा । खुला सीमा क्षेत्रमा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्दै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी ...
जोरसिमलबाट भन्सार छलीका कपडा बरामद

जोरसिमलबाट भन्सार छलीका कपडा बरामद

मेचीनगर — सशस्त्र प्रहरी बलले मेचीनगरमा भन्सार छली गरेर ल्याइएका कपडा बरामद गरेको छ। आज दिउँसो १२:२० बजेको समयमा मेचीनगर नगरपाल...
ne_NPNepali