Skip to main content

Purbi Garjan

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित सडक छेउमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ।

बुधबार राति १०:४५ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको गस्ती टोलीले अन्दाजी ४०–४५ वर्षको पुरुषलाई टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो। घाइते अवस्थामा रहेका उनलाई तत्कालै उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। तर, राति १०:५५ बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरे।

घटनाबारे अनुसन्धानका क्रममा आज दिउँसो १२:०० बजे काकडभिट्टा बसपार्कबाट बा ५ ख ६८०३ नम्बरको हायस र त्यसका चालक मकवानपुर, थाहा नगरपालिका–७ निवासी २७ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

प्रहरीका अनुसार मृतक सप्तरीको सुरुङ्गा नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर भुजेल हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali