Skip to main content

Purbi Garjan

स्कटल्यान्ड टी–२० विश्वकपको दौडबाट बाहिरियो, इटाली पहिलोपटक छनोट

झापा । अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणबाट स्कटल्यान्ड बाहिरिएको छ।

शुक्रबार युरोपियन क्षेत्रीय छनोटअन्तर्गत भएको खेलमा स्कटल्यान्ड जर्सीसँग एक विकेटले स्तब्ध भएपछि विश्वकपको यात्रा टुंगिएको हो।

नेदरल्यान्ड्सको हागे मैदानमा स्कटल्यान्डले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३३ रन बनायो। जवाफी इनिङ्समा जर्सीले ९ विकेटको क्षतिमा १३४ रन जोड्दै रोमाञ्चक जित हात पार्‍यो। जर्सीका निक ग्रिनवोले ३६ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए। अन्य खेलाडीले सानो तर महत्त्वपूर्ण योगदान दिएका थिए — जाकले १४, जोन्टिजेनेरले १२ र बेन्जमिन वाडले १७ रन बनाए।

विश्वकपमा स्थान सुरक्षित गर्न जित आवश्यक रहेको अवस्थामा स्कटल्यान्डले निर्णायक खेलमा कमजोर प्रदर्शन गऱ्यो। शीर्ष पाँच ब्याट्सम्यान सस्तैमा आउट हुँदा टोलीले ६.६ ओभरमै ५ विकेट गुमाएको थियो। म्याथ्यु क्रोसले ४० बलमा ४३ रन बनाए भने मार्क वाटले २४ बलमा २८ रनको योगदान दिए। जर्सीका ह्यारिसन कार्लोनले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए।

इटाली पहिलोपटक टी–२० विश्वकपमा

युरोपियन छनोटले अप्रत्याशित नतिजा दिँदै इटालीले पहिलोपटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको छ। शुक्रबारको खेलमा नेदरल्यान्ड्ससँग ९ विकेटले पराजित भए पनि रनरेटको आधारमा दोस्रो स्थानमा रहँदै इटाली विश्वकपमा पुगेको हो।

नेदरल्यान्ड्स समूह विजेता बन्दै विश्वकपमा छनोट भएको छ। उसले ४ खेलमध्ये ३ जित्दै ६ अंक बनायो। इटाली र जर्सी दुवैले समान ५ अंक बटुले पनि रनरेटका आधारमा इटालीले विश्वकपको टिकट पक्का गर्‍यो।

अनुभवी स्कटल्यान्डको निराशाजनक प्रदर्शन

पूर्व टी–२० विश्वकप खेलिसकेको स्कटल्यान्ड युरोपियन छनोटमा कमजोर देखियो। उसले यसअघि सन् २००७, २००९ र २०२१ को विश्वकप खेलिसकेको थियो। २०२१ मा बंगलादेशमाथि चमत्कारिक जित निकालेको टोली यसपटक भने छनोट चरणमै असफल भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali