Purbi Garjan

दिन: २०८२ असार २८, शनिबार

साफ महिला यु–२० च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपालको विजयी शुरुआत

साफ महिला यु–२० च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपालको विजयी शुरुआत

झापा । नेपालले साफ महिला यू–२० च्याम्पियनसिप २०२५ को पहिलो खेलमा भुटानमाथि सानदार जित दर्ता गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा शुक्रबार सम्पन्न खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गर्‍यो। नेपालका लागि पूर्णिमा राईले चार तथा सेनु परियारले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्। नेपालले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै शानदार जित हात पार्‍यो। खेलको नवौं मिनेटमा सेनु परियारले वर्षा ओलीको पासमा पेनाल्टी बक्स बाहिरबाट चिप हानेर गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। १८औं मिनेटमा वर्षाकै क्रसममा पूर्णिमा राईले सिक्स यार्ड बक्सबाट वान टच…
Read More
दुई दिने भ्रमणमा प्रधानमन्त्री ओली झापा आउँदै

दुई दिने भ्रमणमा प्रधानमन्त्री ओली झापा आउँदै

झापा। प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने औपचारिक कार्यक्रमका लागि आज गृह जिल्ला झापा आउँदै छन्। भ्रमण अवधिभर प्रधानमन्त्री ओली झापा र इलामका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्। कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री ओली आज बिहान साढे ११ बजे झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित भागिरथा न्यौपाने अस्पतालको उद्घाटन गर्नेछन्। त्यसपछि दिउँसो १ बजे इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन, सुकुम्बासीलाई धनीपुर्जा वितरण तथा खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि आजै साँझ ओलीले कनकाई नगरपालिकास्थित उद्योग वाणिज्य संघको हलमा आयोजना हुने विशेष समारोहमा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्नेछन्। आजको रात उनले झापामै बिताउने कार्यक्रम छ। भोलि (असार २९ गते) बिहान…
Read More
स्कटल्यान्ड टी–२० विश्वकपको दौडबाट बाहिरियो, इटाली पहिलोपटक छनोट

स्कटल्यान्ड टी–२० विश्वकपको दौडबाट बाहिरियो, इटाली पहिलोपटक छनोट

झापा । अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणबाट स्कटल्यान्ड बाहिरिएको छ। शुक्रबार युरोपियन क्षेत्रीय छनोटअन्तर्गत भएको खेलमा स्कटल्यान्ड जर्सीसँग एक विकेटले स्तब्ध भएपछि विश्वकपको यात्रा टुंगिएको हो। नेदरल्यान्ड्सको हागे मैदानमा स्कटल्यान्डले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३३ रन बनायो। जवाफी इनिङ्समा जर्सीले ९ विकेटको क्षतिमा १३४ रन जोड्दै रोमाञ्चक जित हात पार्‍यो। जर्सीका निक ग्रिनवोले ३६ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए। अन्य खेलाडीले सानो तर महत्त्वपूर्ण योगदान दिएका थिए — जाकले १४, जोन्टिजेनेरले १२ र बेन्जमिन वाडले १७ रन बनाए। विश्वकपमा स्थान सुरक्षित गर्न जित…
Read More
ne_NPNepali