Skip to main content

Purbi Garjan

दुई दिने भ्रमणमा प्रधानमन्त्री ओली झापा आउँदै

झापा। प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने औपचारिक कार्यक्रमका लागि आज गृह जिल्ला झापा आउँदै छन्। भ्रमण अवधिभर प्रधानमन्त्री ओली झापा र इलामका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्।

कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री ओली आज बिहान साढे ११ बजे झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित भागिरथा न्यौपाने अस्पतालको उद्घाटन गर्नेछन्। त्यसपछि दिउँसो १ बजे इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन, सुकुम्बासीलाई धनीपुर्जा वितरण तथा खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

त्यसपछि आजै साँझ ओलीले कनकाई नगरपालिकास्थित उद्योग वाणिज्य संघको हलमा आयोजना हुने विशेष समारोहमा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्नेछन्। आजको रात उनले झापामै बिताउने कार्यक्रम छ।

भोलि (असार २९ गते) बिहान प्रधानमन्त्री ओलीले दमकस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णमन्दिर खण्डबाट उत्तरतर्फ मदनडाँगी–ताराबारी डिपो सडकको उद्घाटन गर्नेछन्। त्यसपछि बिहान साढे ११ बजे झापाकै रतुवा खोलामा निर्माण सम्पन्न हुलाकी सडक अन्तर्गतको पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

भोलि दिउँसो २ बजे प्रधानमन्त्री ओलीले बिर्तामोडको सिटी सेन्टरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।

त्यसपछि ओली भोलि नै ३:३० बजे एयरपोर्ट पुग्ने र ३:४५ को फ्लाइट मार्फत काठमाडौं प्रस्थान गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali