Skip to main content

Purbi Garjan

साफ महिला यु–२० च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपालको विजयी शुरुआत

झापा । नेपालले साफ महिला यू–२० च्याम्पियनसिप २०२५ को पहिलो खेलमा भुटानमाथि सानदार जित दर्ता गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा शुक्रबार सम्पन्न खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गर्‍यो। नेपालका लागि पूर्णिमा राईले चार तथा सेनु परियारले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्।

नेपालले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै शानदार जित हात पार्‍यो।

खेलको नवौं मिनेटमा सेनु परियारले वर्षा ओलीको पासमा पेनाल्टी बक्स बाहिरबाट चिप हानेर गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। १८औं मिनेटमा वर्षाकै क्रसममा पूर्णिमा राईले सिक्स यार्ड बक्सबाट वान टच गोल गर्दै अग्रता दोब्बर पारिन्।

४५औं मिनेटमा सेनुले आफ्नो दोस्रो गोल गर्दै नेपाललाई पहिलो हाफमै ३–० को अग्रता दिलाइन्।

पूर्णिमाको ह्याट्रिक

दोस्रो हाफको ५३औं मिनेटमा भुटानकी केल्देन वाङ्मोले गोल फर्काइन। तर, सोही मिनेटमै पूर्णिमाले आफ्नो दोस्रो गोल गर्दै नेपाललाई ४–१ को अवस्थामा पुर्‍याइन्। पूर्णिमाले ८३औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने ८८औं मिनेटमा चौथो गोल गर्दै खेलको स्कोरलाइन ६–१ बनाइन्।

शुक्रबारको पहिलो खेलमा आयोजक बंगलादेशले श्रीलंकालाई ९–१ को फराकिलो अन्तरले पराजित गर्‍यो। अब नेपालले आगामी आइतबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

यस संस्करणको च्याम्पियनसिपमा नेपाल, बंगलादेश, श्रीलंका र भुटान गरी चार टोलीको सहभागिता रहेको छ। डबल राउण्ड रोबिन फारम्याटमा भइरहेको प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली च्याम्पियन घोषित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali