झापा । हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले श्रद्धा एवं आस्थाका साथ मनाउँदै छन्। यस दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याइन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजापाठ गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आज उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने मान्यता छ भने अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिन्छ। यस अवसरमा छोराछोरीले आ–आफ्ना बाबुलाई मनपर्ने भोजन तथा मिठाई खुवाई आदर र सम्मान प्रकट गर्ने परम्परा छ। बाबु नभएकाहरूले भने पवित्र स्थानमा गई तर्पण, पिण्डदान र श्राद्ध गरी सिदा…