माननीय मन्त्रीज्यू, तपाईंको ऊर्जा मन्त्री पदमा नियुक्तिको अवसरमा म तपाईंको कार्यकालमा तत्काल ध्यान दिनुपर्ने निम्न सिफारिसहरू सम्मानपूर्वक प्रस्तुत गर्दछु : १. ठूला BOOT परियोजनाहरूको प्रवर्द्धन अरुण–३ मोडललाई अन्य प्रमुख नदीहरू, विशेष गरी कर्णाली र सेतीमा पुनः प्रयोग गरी कम्तीमा ४,०००–५,००० मेगावाटसम्मका परियोजनाहरू ३० वर्षे BOOT आधारमा अगाडि बढाउनुपर्छ । जहाँ सम्भव छ, त्यहाँ अझ ठूला आयोजना प्राथमिकतामा राखेर नेपालको उत्पादन क्षमता बढाउन र भारतमा दिगो निर्यात बजार सुनिश्चित गर्नुपर्छ । त्यसैगरी, पेट्रोलियम उत्पादनमा लाग्ने करमार्फत आवश्यक रकम संकलन भइसकेको १,२०० मेगावाट बुढीगण्डकी आयोजना तपाईंको कार्यकालमै कार्यान्वयन गर्नुपर्छ । राष्ट्रिय गौरवको आयोजना भएकाले अब योजना चरणमै रोकिराख्ने अवस्था नराखी तत्काल निर्माण…