Purbi Garjan

दिन: २०८२ पुष २५, शुक्रबार

इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ को तयारी अन्तिम चरणमा

काँकडभिट्टा, झापा । नेपाल र भारतका पत्रकारहरूबीच हुने इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता पुस २७ र २८ गते काकडभिट्टा खेल मैदानमा हुँदैछ। प्रतियोगिताको तयारी तथा व्यवस्थापनका विषयमा शुक्रबार काकडभिट्टा मा .बि.काे खेलमैदान मा आयोजक समितिको बैठक तथा पत्रकार सम्मेलन सम्पन्न भएको थियो। उक्त बैठकमा नेपाल र भारतका पत्रकार, खेलप्रेमी तथा आयोजक समितिका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकले खेल तालिका, व्यवस्थापन, सुरक्षा, मिडिया समन्वय तथा अतिथि सत्कार सम्बन्धी आवश्यक निर्णयहरू गरेको आयोजक समितिले जनाएको छ। प्रतियोगितामा नेपाल र भारतका पत्रकार टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ, जसले दुई देशका सञ्चारकर्मीबीचको आपसी सम्बन्ध, मित्रता र सहकार्यलाई…
Read More
ne_NPNepali