Skip to main content

Purbi Garjan

इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ को तयारी अन्तिम चरणमा

काँकडभिट्टा, झापा । नेपाल र भारतका पत्रकारहरूबीच हुने इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता पुस २७ र २८ गते काकडभिट्टा खेल मैदानमा हुँदैछ। प्रतियोगिताको तयारी तथा व्यवस्थापनका विषयमा शुक्रबार काकडभिट्टा मा .बि.काे खेलमैदान मा आयोजक समितिको बैठक तथा पत्रकार सम्मेलन सम्पन्न भएको थियो। उक्त बैठकमा नेपाल र भारतका पत्रकार, खेलप्रेमी तथा आयोजक समितिका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकले खेल तालिका, व्यवस्थापन, सुरक्षा, मिडिया समन्वय तथा अतिथि सत्कार सम्बन्धी आवश्यक निर्णयहरू गरेको आयोजक समितिले जनाएको छ। प्रतियोगितामा नेपाल र भारतका पत्रकार टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ, जसले दुई देशका सञ्चारकर्मीबीचको आपसी सम्बन्ध, मित्रता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। आयोजकका अनुसार प्रतियोगितालाई भव्य र सफल बनाउन खेल मैदान, खेलाडी व्यवस्थापन, स्वास्थ्य सेवा, सुरक्षा तथा दर्शक व्यवस्थापनका सबै तयारीहरू अन्तिम चरणमा पुगेका छन्। प्रतियोगिता सुरु हुन अब मात्र २ दिन बाँकी रहेकाले खेलप्रेमीहरूमा विशेष उत्साह देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali