Purbi Garjan

दिन: २०८३ बैशाख ५, शनिबार

चन्द्रगढी महिला गोल्डकप आजबाट शुरु हुँदै, रचना रिमालको प्रस्तुति रहने

चन्द्रगढी महिला गोल्डकप आजबाट शुरु हुँदै, रचना रिमालको प्रस्तुति रहने

बिर्तामोड । आजबाट शुरु हुने ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने भएकी छन् । उनले खेलमैदानमै सांगीतिक प्रस्तुति दिने बताइएको छ । चन्द्रगढी घर भएकी अहिलेकी लोकप्रिय गायिका रिमालले महिला फुटबललाई प्रोत्सहान गर्न प्रस्तुति दिन लागेको गोल्डकप आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । प्रतियोगिता सुरु हुनुअघि गायिका रिमालले आधा दर्जन गीत गाउने क्लबले जनाएको छ । उनले उद्घाटनमा रंगशालासम्म आउन र बबाल गर्न दर्शकलाई आह्वान पनि गरेकी छन् । आज बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना…
Read More
ne_NPNepali