Skip to main content

Purbi Garjan

४९ धारामा तीनदिने धार्मिक महोत्सव, अनौठो माछाबाट शुरु भएको आस्था

मेचीनगर – मेचीनगर–१ स्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ४९ धारा मनसा नागदेवी हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम हुने भएको छ। आयोजक समितिका अनुसार साउन ११ गतेदेखि १३ गतेसम्म विशेष धार्मिक, सांस्कृतिक तथा पूजाआर्जनात्मक गतिविधि सञ्चालन गरिनेछ।

मच्छ्य देवता र नाग देवताको वासस्थल मानिने यस क्षेत्रमा प्रत्येक वर्ष नाग पञ्चमीमा विशेष पूजा हुँदै आएको छ। संरक्षण समितिका अध्यक्ष महेन्द्र मल्लका अनुसार, यस वर्षको कार्यक्रम पहिलेभन्दा थप व्यवस्थित र भव्य हुनेछ।

कार्यक्रम तालिका

पहिलो दिन (साउन ११) – साकेला नृत्य, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, लाखेनाच, च्याबु्रङ नाच र भजन–कीर्तन।

दोस्रो दिन (साउन १२) – पूजाआर्चना, विद्यालय स्तरीय प्रतियोगिता र चर्चित कलाकारहरूको सांगीतिक कार्यक्रम।

तेस्रो दिन (साउन १३ – नाग पञ्चमी) – विशेष नाग पूजन, काल सर्प दोष निवारणका लागि होम र भजन–कीर्तन।

अनौठो माछाबाट सुरु भएको धार्मिक आस्था

स्थानीय कथन अनुसार, २०६३ सालतिर एक अनौठो माछा कुवामा देखिएपछि सो क्षेत्रमा धार्मिक विश्वास गहिरिँदै गएको हो। माछालाई घर लगेपछि बिरामी परेका व्यक्तिलाई धामी–झाँक्रीको सल्लाहअनुसार माछा फिर्ता गरी पूजा गर्दा निको भएको जनविश्वास छ।

प्रत्यक्षदर्शी जीवन थापा मगर भन्छन्, “अनौठो माछा भेटिएपछि हामी अचम्ममा पर्‍यौं। त्यसपछि पूजाआजा सुरु भयो र आज यो क्षेत्र धार्मिक आस्थाको केन्द्र बनेको छ।”

धार्मिक संरचना र पर्यटकीय विस्तार

हालसम्म यहाँ मनसा देवी भवानीको मन्दिर, नाग देवताको मूर्ति, ४९ मूल धारा र थप ६ मच्छ्य धारा, होम स्थल र पदमार्ग निर्माण भइसकेका छन्। प्राकृतिक सौन्दर्यसँगै धार्मिक महत्वका कारण हिले सिमसार आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्नेक्रममा छ।

अध्यक्ष मल्लका अनुसार, “मन्दिरमा सच्चा मनले मागेको इच्छा पूरा हुने विश्वासले भक्तजनको आकर्षण बढेको छ।”

समाजसेवीको योगदान र भविष्य योजना

समाजसेवी डिकेन्द्र थापा, चन्द्र थापा र गोविन्द राई परिवारले तीन कठ्ठा जमिन औपचारिक रूपमा प्रदान गरेका छन्। सल्लाहकार डिकेन्द्र थापा भन्छन्, “पहिले यो ठाउँ सानो कुवा र खेतीयोग्य जमिन थियो। अनौठो माछाको घटनापछि संरक्षण सुरु गरियो र अहिले चार कठ्ठा क्षेत्र सुरक्षित भएको छ।”

२०७४ सालमा पुराण लगाएर मन्दिर निर्माण गरिएको थियो। त्यसयता दातृ सहयोग, स्थानीय सरकार र संरक्षण समितिको प्रयासमा क्षेत्र विकास भइरहेको छ।

हिले सिमसार अब केवल धार्मिक स्थल मात्र नभई सामूहिक आस्था, समाजको योगदान र संस्कृतिको संगम बनेको छ। तीन दिवसीय महोत्सवले यसलाई क्षेत्रीय पर्यटन र संस्कृतिको नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali