Skip to main content

Purbi Garjan

समाजवादीहरूको ध्रुवीकरणका लागि नयाँ प्रस्ताव र घोषणापत्र चाहिन्छ : विप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादीहरूको ध्रुवीकरणका लागि नयाँ प्रस्ताव र नयाँ घोषणापत्र आवश्यक भएको बताएका छन्।

समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा बुधबार आयोजित ४७औँ स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै विप्लवले भने, “भ्रष्टाचार र विचौलियाको आरोप खेपिरहेका छौं। देशले नयाँ योगदानको माग गरेको छ। त्यसका लागि समाजवादी ध्रुवीकरण आवश्यक छ। एकताका निम्ति नयाँ प्रस्ताव र नयाँ घोषणापत्र तयार गर्नुपर्छ।”

उनले नयाँ प्रस्ताव र घोषणापत्र नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा कम्युनिस्टहरूले खोज्नुपर्ने आवश्यकता औंल्याए। “दलाल पुँजीवाद र विचौलियालाई खाडलमा हाल्न नयाँ बहस आवश्यक छ। हिजोका प्रस्ताव र नीतिले पुग्दैन, नयाँ प्रस्तावको खोजी गर्नुपर्छ,” उनले भने।

धर्मबारे कुरा गर्दै विप्लवले भने, “धर्म अज्ञानतामाथिको हतियार हो। हामी भौतिकवादी बन्न सक्ने कि छैनौं? प्रचण्डले भौतिकवादी प्रवचन गर्न सक्ने कि छैनन्?”

उनले कम्युनिस्टहरूले शिक्षा, स्वास्थ्य र श्रमसँग सम्बन्धित स्पष्ट नीति ल्याउनुपर्ने उल्लेख गर्दै जनयुद्धको क्रममा प्रचण्डले ल्याएको कम्युनिकरण र सर्वहाराकरणको प्रस्ताव कार्यान्वयन हुन नसकेको टिप्पणी गरे। “प्रचण्डले लेखेका कुरा आज कार्यान्वयन भए? यो कम्युनिस्ट र माओवादीहरूले लागु गर्ने आँट गर्नुपर्छ,” उनले चुनौती दिए।

महासचिव विप्लवले नेपालमा श्रम, शक्ति र वर्गप्रतिको विश्वास आवश्यक रहेको भन्दै अहिलेको दलाल व्यवस्थाले देशलाई साम्राज्यवादको गुलाम बनाएको आरोप लगाए। उनले भने, “देशको वर्तमान संकटको निकास समाजवाद बाहेक अरू विकल्प छैन। त्यसका लागि समाजवादी ध्रुवीकरण अपरिहार्य छ। यो देशको मालिक श्रमजीवी जनता हुनुपर्छ। त्यसका लागि एकदिन समाजवादीहरू एकताबद्ध हुन्छन् र जितिन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali