Skip to main content

Purbi Garjan

“झापा रक स्टार” वार्षिक सांगीतिक प्रतियोगिता, साउन १० मा पहिलो अडिसन

बिर्तामोड । अमृत स्टोर बिर्तामोडको आयोजनामा हुने वार्षिक सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रम ‘झापा रक स्टार’ यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। यो प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ५ देखि १२ सम्मका विद्यार्थी समूहबीच सांगीतिक प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ।

गत वर्ष २०८१ मा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले राम्रो सफलता पाएपछि यस वर्ष विद्यालय स्तरका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको हो।

संगीत आफैंमा मानव जीवनको अभिन्न पाटो मात्र नभई समाज र संस्कृतिको प्रतिबिम्ब रहेको र विज्ञहरूका अनुसार संगीत साधना, धैर्यता र अनुशासन मात्र नभएर उपचारको प्रभावकारी विधि पनि हो। यही प्रवृत्तिलाई प्रोत्साहन गर्दै विद्यार्थीहरूलाई लाइभ ब्यान्ड कल्चरतर्फ उन्मुख गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको संयोजक सुनिता तामाङले बताइन्।

उनले भनिन् “हामी विद्यार्थीलाई संगीतमा आकर्षित गर्न र मौलिकता जोगाउन लाइभ ब्यान्ड कल्चरलाई स्थापित गर्दैछौं। यसमार्फत नेपाली भाषा, कला, संस्कृति र लोक बाजाको संरक्षण हाम्रो प्राथमिकता हो।”

आयोजकका अनुसार दर्ता प्रक्रिया असार १५ गतेदेखि सुरु भई साउन ८ गते आजबाट औपचारिक रूपमा बन्द भएको छ।

पहिलो अडिसन यही साउन १० गते बिर्तामोड स्थित होटल मोक्षमा हुनेछ। व्याण्डमा कम्तीमा पाँच सदस्य र अनिवार्य रूपमा नेपाली लोक बाजा प्रयोग गर्नुपर्नेछ।

दोस्रो चरण (लाइभ अडिसन) मा पहिलो चरणबाट छनोट भएका शीर्ष ३ व्याण्ड प्रतिस्पर्धा गर्नेछन्। ग्रान्ड फिनालेमा देशका प्रतिष्ठित संगीतकर्मी निर्णायक मण्डलमा रहनेछन्, जसको निर्णय अन्तिम हुनेछ।

कार्यक्रमका उद्देश्यबारे जानकारी दिँदै आयोजकले विद्यार्थी तथा युवालाई संगीत साधनमा आकर्षित गर्नु, नेपाली भाषा, कला, संस्कृति, संगीत र लोक बाजाको जगेर्ना गर्नु, गुणस्तरीय सांगीतिक प्लेटफर्म प्रदान गर्नु, म्युजिक ट्रयाक कल्चरलाई छाडी लाइभ ब्यान्ड कल्चरको विकास गर्नु र संगीतमार्फत समाजको मौलिकता र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको बताएको छ।

त्यस्तै कार्यक्रमका वरिष्ठ संगितकार कृष्ण योञ्जनले संगित मार्फत समाजको संस्कृति र मौलिकताको प्रर्वद्वन गर्न कार्यक्रम फलदायी हुने बताए। कार्यक्रममा आयोजक समितिका सल्लाहकार कृष्ण योञ्जन, अमृत पौडेल, प्रकाश संग्रौला , लगायतले कार्यक्रम सफल बनाउन सम्पूर्ण संगित प्रेमीहरु लाग्न आग्रह गरेका थिए ।

उक्त प्रतियोगिताको फाइनल मिति र स्थानबारे चाँडै जानकारी सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali