Skip to main content

Purbi Garjan

“झापा रक स्टार” वार्षिक सांगीतिक प्रतियोगिता, साउन १० मा पहिलो अडिसन

बिर्तामोड । अमृत स्टोर बिर्तामोडको आयोजनामा हुने वार्षिक सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रम ‘झापा रक स्टार’ यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। यो प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ५ देखि १२ सम्मका विद्यार्थी समूहबीच सांगीतिक प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ।

गत वर्ष २०८१ मा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले राम्रो सफलता पाएपछि यस वर्ष विद्यालय स्तरका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको हो।

संगीत आफैंमा मानव जीवनको अभिन्न पाटो मात्र नभई समाज र संस्कृतिको प्रतिबिम्ब रहेको र विज्ञहरूका अनुसार संगीत साधना, धैर्यता र अनुशासन मात्र नभएर उपचारको प्रभावकारी विधि पनि हो। यही प्रवृत्तिलाई प्रोत्साहन गर्दै विद्यार्थीहरूलाई लाइभ ब्यान्ड कल्चरतर्फ उन्मुख गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको संयोजक सुनिता तामाङले बताइन्।

उनले भनिन् “हामी विद्यार्थीलाई संगीतमा आकर्षित गर्न र मौलिकता जोगाउन लाइभ ब्यान्ड कल्चरलाई स्थापित गर्दैछौं। यसमार्फत नेपाली भाषा, कला, संस्कृति र लोक बाजाको संरक्षण हाम्रो प्राथमिकता हो।”

आयोजकका अनुसार दर्ता प्रक्रिया असार १५ गतेदेखि सुरु भई साउन ८ गते आजबाट औपचारिक रूपमा बन्द भएको छ।

पहिलो अडिसन यही साउन १० गते बिर्तामोड स्थित होटल मोक्षमा हुनेछ। व्याण्डमा कम्तीमा पाँच सदस्य र अनिवार्य रूपमा नेपाली लोक बाजा प्रयोग गर्नुपर्नेछ।

दोस्रो चरण (लाइभ अडिसन) मा पहिलो चरणबाट छनोट भएका शीर्ष ३ व्याण्ड प्रतिस्पर्धा गर्नेछन्। ग्रान्ड फिनालेमा देशका प्रतिष्ठित संगीतकर्मी निर्णायक मण्डलमा रहनेछन्, जसको निर्णय अन्तिम हुनेछ।

कार्यक्रमका उद्देश्यबारे जानकारी दिँदै आयोजकले विद्यार्थी तथा युवालाई संगीत साधनमा आकर्षित गर्नु, नेपाली भाषा, कला, संस्कृति, संगीत र लोक बाजाको जगेर्ना गर्नु, गुणस्तरीय सांगीतिक प्लेटफर्म प्रदान गर्नु, म्युजिक ट्रयाक कल्चरलाई छाडी लाइभ ब्यान्ड कल्चरको विकास गर्नु र संगीतमार्फत समाजको मौलिकता र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको बताएको छ।

त्यस्तै कार्यक्रमका वरिष्ठ संगितकार कृष्ण योञ्जनले संगित मार्फत समाजको संस्कृति र मौलिकताको प्रर्वद्वन गर्न कार्यक्रम फलदायी हुने बताए। कार्यक्रममा आयोजक समितिका सल्लाहकार कृष्ण योञ्जन, अमृत पौडेल, प्रकाश संग्रौला , लगायतले कार्यक्रम सफल बनाउन सम्पूर्ण संगित प्रेमीहरु लाग्न आग्रह गरेका थिए ।

उक्त प्रतियोगिताको फाइनल मिति र स्थानबारे चाँडै जानकारी सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali