Skip to main content

Purbi Garjan

लिङ्कन मन्टेश्वरी स्कुलमा खिर दिवस मनाइयो, बालबालिकालाई संस्कारसहितको शिक्षा

झापा — बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलमा राष्ट्रिय खिर दिवसको अवसरमा विशेष कार्यक्रमका साथ बालबालिकालाई खिर खुवाइएको छ।

विद्यालयले साउन १५ का दिन बालबालिकालाई खीरको सांस्कृतिक र स्वास्थ्यसम्बन्धी महत्व बुझाउँदै आफ्नै क्यान्टिनमा खिर पकाएर खुवाएको हो।

विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार यस्तो पर्व मनाउने उद्देश्य संस्कारसहितको शिक्षा प्रदान गर्नु हो। “असार १५ मा दही–चिउरा, साउन १५ मा खिर र पुष १५ मा खिचडी खाने संस्कृतिको महत्व बुझाउन हामी यस्ता कार्यक्रम गरिरहेका छौं,” उनले भने।

खिरलाई स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ। साउने झरीमा तातो खिर खाँदा शरीरलाई गर्मी मिल्ने र पाचन प्रणालीलाई सहयोग पुग्ने विश्वास गरिन्छ। दूध, मरमसलालगायतका पौष्टिक तत्व राखेर बनाइने खिर परम्परादेखि नै सात्विक आहारका रूपमा लिइँदै आएको छ।

संस्कृतमा ‘पायस’ भनिने खिरलाई वैदिक धर्मशास्त्रमा पितृकार्य तथा देवकार्यमा समेत महत्वपूर्ण मानिन्छ। ऋषिमुनिको पालादेखि नै ब्राह्मणहरूलाई खिर खुवाउने चलन रहिआएको पाइन्छ।

साउन महिना भगवान शिवको आराधनासँग पनि जोडिन्छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार मन पर्ने भएकाले साउन महिनामा खिर चढाएर खाने परम्परा बसेको मानिन्छ।

ग्रामीण क्षेत्रमा साउन महिनामा गाई–भैंसीले बढी दूध दिने भएकाले दूधजन्य परिकारहरू बनाउने चलन रहिआएको छ। यसै क्रममा गाउँघरमा इष्टमित्र र चेलिबेटीलाई बोलाएर खिर खुवाउने चलन विकास भएको हो।

चामल, सेवई, गाजर, मकै, सावुदाना जस्ता सामग्रीबाट विविध प्रकारका खिर बनाइने गरिन्छ। नेपाली बृहत् शब्दकोशअनुसार, “दूधमा पकाइएको भात वा दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ” लाई खिर भनिन्छ।

विद्यालयले यस्ता संस्कृतिक पर्वहरू शिक्षण प्रक्रियामा समावेश गरेर विद्यार्थीलाई संस्कृति र परम्पराबारे जानकारी दिने प्रयास गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali