Purbi Garjan

लिङ्कन मन्टेश्वरी स्कुलमा खिर दिवस मनाइयो, बालबालिकालाई संस्कारसहितको शिक्षा

झापा — बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलमा राष्ट्रिय खिर दिवसको अवसरमा विशेष कार्यक्रमका साथ बालबालिकालाई खिर खुवाइएको छ।

विद्यालयले साउन १५ का दिन बालबालिकालाई खीरको सांस्कृतिक र स्वास्थ्यसम्बन्धी महत्व बुझाउँदै आफ्नै क्यान्टिनमा खिर पकाएर खुवाएको हो।

विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार यस्तो पर्व मनाउने उद्देश्य संस्कारसहितको शिक्षा प्रदान गर्नु हो। “असार १५ मा दही–चिउरा, साउन १५ मा खिर र पुष १५ मा खिचडी खाने संस्कृतिको महत्व बुझाउन हामी यस्ता कार्यक्रम गरिरहेका छौं,” उनले भने।

खिरलाई स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ। साउने झरीमा तातो खिर खाँदा शरीरलाई गर्मी मिल्ने र पाचन प्रणालीलाई सहयोग पुग्ने विश्वास गरिन्छ। दूध, मरमसलालगायतका पौष्टिक तत्व राखेर बनाइने खिर परम्परादेखि नै सात्विक आहारका रूपमा लिइँदै आएको छ।

संस्कृतमा ‘पायस’ भनिने खिरलाई वैदिक धर्मशास्त्रमा पितृकार्य तथा देवकार्यमा समेत महत्वपूर्ण मानिन्छ। ऋषिमुनिको पालादेखि नै ब्राह्मणहरूलाई खिर खुवाउने चलन रहिआएको पाइन्छ।

साउन महिना भगवान शिवको आराधनासँग पनि जोडिन्छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार मन पर्ने भएकाले साउन महिनामा खिर चढाएर खाने परम्परा बसेको मानिन्छ।

ग्रामीण क्षेत्रमा साउन महिनामा गाई–भैंसीले बढी दूध दिने भएकाले दूधजन्य परिकारहरू बनाउने चलन रहिआएको छ। यसै क्रममा गाउँघरमा इष्टमित्र र चेलिबेटीलाई बोलाएर खिर खुवाउने चलन विकास भएको हो।

चामल, सेवई, गाजर, मकै, सावुदाना जस्ता सामग्रीबाट विविध प्रकारका खिर बनाइने गरिन्छ। नेपाली बृहत् शब्दकोशअनुसार, “दूधमा पकाइएको भात वा दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ” लाई खिर भनिन्छ।

विद्यालयले यस्ता संस्कृतिक पर्वहरू शिक्षण प्रक्रियामा समावेश गरेर विद्यार्थीलाई संस्कृति र परम्पराबारे जानकारी दिने प्रयास गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापाको अर्जुनधारा स्थित दोभान एकीकृत कृषि परियोजनाको पराल स्टोकमा आगलागी

झापा, १५ माघ ।  झापाको अर्जुनधारा नगरपालिका–७ स्थित दोभान एकीकृत कृषि परियोजनाको परालको स्टोकमा आगलागी भएको छ। परियोजनाका सञ्चा...
दमक झडप: एमालेका तीन जना घाइते, दुइवटा सुनको सिक्री हरायो

दमक झडप: एमालेका तीन जना घाइते, दुइवटा सुनको सिक्री हरायो

झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उम्मेदवारी मनोनयनको दिन झापा क्षेत्र नं. ५ को दमकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्ट...
झापा–५ मा माओवादीबाट संजय राई उम्मेदवार, मनोनयन भोलि

झापा–५ मा माओवादीबाट संजय राई उम्मेदवार, मनोनयन भोलि

झापा–५ मा नेकपा (माओवादी केन्द्र) ले युवा नेता संजय राईलाई उम्मेदवार बनाउने निश्चित भएको छ। पार्टीका अनुसार राईले ‘गुलाफ’ चुनाव चि...
सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–८ स्थित कब्रिस्थान नजिक हुलाकी लोकमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको ...
ne_NPNepali