Purbi Garjan

दिन: २०८२ श्रावण १६, बिहीबार

लिङ्कन मन्टेश्वरी स्कुलमा खिर दिवस मनाइयो, बालबालिकालाई संस्कारसहितको शिक्षा

लिङ्कन मन्टेश्वरी स्कुलमा खिर दिवस मनाइयो, बालबालिकालाई संस्कारसहितको शिक्षा

झापा — बिर्तामोड नगरपालिका–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलमा राष्ट्रिय खिर दिवसको अवसरमा विशेष कार्यक्रमका साथ बालबालिकालाई खिर खुवाइएको छ। विद्यालयले साउन १५ का दिन बालबालिकालाई खीरको सांस्कृतिक र स्वास्थ्यसम्बन्धी महत्व बुझाउँदै आफ्नै क्यान्टिनमा खिर पकाएर खुवाएको हो। विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार यस्तो पर्व मनाउने उद्देश्य संस्कारसहितको शिक्षा प्रदान गर्नु हो। “असार १५ मा दही–चिउरा, साउन १५ मा खिर र पुष १५ मा खिचडी खाने संस्कृतिको महत्व बुझाउन हामी यस्ता कार्यक्रम गरिरहेका छौं,” उनले भने। खिरलाई स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ। साउने झरीमा तातो खिर खाँदा शरीरलाई गर्मी मिल्ने र पाचन प्रणालीलाई सहयोग पुग्ने विश्वास गरिन्छ। दूध, मरमसलालगायतका पौष्टिक तत्व…
Read More
ne_NPNepali