Skip to main content

Purbi Garjan

झापाको चर्चित र्याप ग्रुप Sloke Vibe को धमाकेदार कमब्याक, नयाँ म्युजिक भिडियो चाँडै सार्वजनिक हुने

Sloke Vibe को धमाकेदार कमब्याक: बिर्तामोडबाट र्याप इन्डस्ट्री हल्लाउन तयार!

बिर्तामोड, झापा — केही समयको विश्रामपछि झापाको चर्चित र्याप ग्रुप Sloke Vibe फेरि धमाकेदार कमब्याकको तयारीमा जुटेका छन्। दर्शक तथा श्रोतालाई उत्साहित बनाउने गरी उनीहरूले नयाँ म्युजिक भिडियोसहित पुनः र्याप इन्डस्ट्रीमा प्रवेश गर्न लागेका हुन्। स्थानीय युवामाझ निकै लोकप्रिय रहेको Sloke Vibe ले यसपटकको कमब्याकलाई “सबैभन्दा ठुलो” भन्दै प्रमोट गरेका छन्। उनका अनुसार यसपटकको प्रस्तुतीमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देखिनेछ। Sloke Vibe का सदस्यहरूले सामाजिक सञ्जालमार्फत फ्यानलाई यसपटकको म्युजिक भिडियो “सिर्जनात्मक, दमदार र फरक स्वादको” हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्ष बोकेको समूहले योपटकको सिर्जनालाई आफ्नो करियरको महत्वपूर्ण मोडको रूपमा लिएको जनाएका छन्। कमब्याक म्युजिक भिडियोको टिजर चाँडै सार्वजनिक गरिने भएको छ भने फुल भिडियो भने आगामी साता YouTube र अन्य डिजिटल प्लेटफर्ममार्फत रिलिज हुने बताइएको छ। र्यापप्रेमीहरूका लागि यो समाचार निकै उत्साहजनक बनेको छ। Sloke Vibe को कमब्याकले स्थानीय कलाकारहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali