Skip to main content

Purbi Garjan

इन्डो–नेपाल मिडिया कपमा तराई प्रेस क्लब दार्जिलिङ च्याम्पियन

काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङले आफ्नो नाममा लेखाएको छ। सोमबार काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनलमा तराई प्रेस क्लबले भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।

 

e1feda6d-e2bc-4be2-a754-892fa43016931768221591.jpg

 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तराई प्रेस क्लबले आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलको ३२औँ मिनेटमा प्रवेश भुजेलले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ४४औँ मिनेटमा दावा लामाले गोल थप्दै उपाधि सुनिश्चित गरे। फाइनल खेलमा निर्णायक भूमिका खेलेका दावा लामा ‘म्यान अफ द म्याच’ घोषित भए र नगद १ हजार १ सय रुपैयाँ प्राप्त गरे। उपाधिसँगै तराई प्रेस क्लबले नगद ५० हजार रुपैयाँ पुरस्कार जित्यो भने उपविजेता भद्रपुर प्रेस क्लबले २५ हजार रुपैयाँमा चित्त बुझायो। समापन समारोहमा प्रमुख अतिथि मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र पुरस्कार प्रदान गरे। प्रतियोगिताभरिका उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल घोषित भए। त्यस्तै उत्कृष्ट फर्वार्ड आयोजक प्रेस क्लब मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक तथा उत्कृष्ट गोलकिपर भद्रपुरकै सुजक राउत बने। विधागत उत्कृष्ट खेलाडीहरूले जनही नगद १ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे। सर्वाधिक गोलकर्ताको उपाधि समेत विजेता टोलीका प्रवेश भुजेलले हात पारे। प्रेस क्लब मेचीनगरको आयोजनामा सम्पन्न दुईदिने प्रतियोगितामा भारतका दुई र नेपालका छ गरी आठ प्रेस क्लबको सहभागिता रहेको थियो। प्रतियोगिताको संरक्षक मेचीनगर नगरपालिका रहेको थियो भने होटल मेची क्राउन र इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय धुलाबारीले संयुक्त रूपमा प्रायोजन गरेका थिए। समापन समारोहमा आयोजक सचिव प्रविण अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए भने खेल संयोजक खगेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए। समारोहको अध्यक्षता प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali