Skip to main content

Purbi Garjan

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–८ स्थित कब्रिस्थान नजिक हुलाकी लोकमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करिब ६ बजेको समयमा विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको मार्बल बोकेको ट्रक अनियन्त्रित भई हुलाकी लोकमार्गको पश्चिमतर्फ रहेको मकैबारीमा पल्टिएको हो। दुर्घटनामा ट्रकमा सवार ९ जनामध्ये अगाडि सवार ३ जना सकुशल निस्किएका थिए भने पछाडि सवार ५ जना कामदार ट्रकमा च्यापिएका थिए।

घटनापछि विराटनगरबाट आएको एक क्रेन को सहायताले ट्रक निकाल्ने क्रममा पछाडि सवार पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

मृतकहरूलाई पोष्टमार्टमका लागि बिहान ८:२० बजे जिल्ला अस्पताल सुनसरी, इनरुवा पठाइएको छ।
दुर्घटनामा मृत्यु हुनेहरूमा सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रवारे बस्ने अन्दाजी ३४ वर्षीय किरण गुरुङ, ५२ वर्षीय बराम गुरुङ, २८ वर्षीय मिसु गुरुङ, ४७ वर्षीय टक बहादुर गुरुङ र ५६ वर्षीय चन्द्रशेखर गुरुङ रहेका छन्।
ट्रकमा सवार भई सकुशल निस्किनेहरूमा बर्जु गाउँपालिका–१ बस्ने अन्दाजी २४ वर्षीय घदनाथ गुरुङ, २४ वर्षीय सुन्दर गुरुङ र ५० वर्षीय मानबहादुर गुरुङ रहेका छन्।
दुर्घटनापछि ट्रक चालक भने फरार रहेको र उनको नाम–वतन खुल्न नसकेको प्रहरीले जनाएको छ। ट्रक भने घटनास्थलमै रहेको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा बल उल्टीबाट सशस्त्र प्रहरी नायब निरीक्षक उत्तम कार्कीको कमाण्डमा १० जना तथा जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाबाट प्रहरी निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा १५ जनाको टोली खटिएको थियो। घटनास्थल सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. उल्टीबाट करिब ३.५ किलोमिटर उत्तरतर्फ रहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali