Skip to main content

Purbi Garjan

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–८ स्थित कब्रिस्थान नजिक हुलाकी लोकमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करिब ६ बजेको समयमा विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको मार्बल बोकेको ट्रक अनियन्त्रित भई हुलाकी लोकमार्गको पश्चिमतर्फ रहेको मकैबारीमा पल्टिएको हो। दुर्घटनामा ट्रकमा सवार ९ जनामध्ये अगाडि सवार ३ जना सकुशल निस्किएका थिए भने पछाडि सवार ५ जना कामदार ट्रकमा च्यापिएका थिए।

घटनापछि विराटनगरबाट आएको एक क्रेन को सहायताले ट्रक निकाल्ने क्रममा पछाडि सवार पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

मृतकहरूलाई पोष्टमार्टमका लागि बिहान ८:२० बजे जिल्ला अस्पताल सुनसरी, इनरुवा पठाइएको छ।
दुर्घटनामा मृत्यु हुनेहरूमा सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रवारे बस्ने अन्दाजी ३४ वर्षीय किरण गुरुङ, ५२ वर्षीय बराम गुरुङ, २८ वर्षीय मिसु गुरुङ, ४७ वर्षीय टक बहादुर गुरुङ र ५६ वर्षीय चन्द्रशेखर गुरुङ रहेका छन्।
ट्रकमा सवार भई सकुशल निस्किनेहरूमा बर्जु गाउँपालिका–१ बस्ने अन्दाजी २४ वर्षीय घदनाथ गुरुङ, २४ वर्षीय सुन्दर गुरुङ र ५० वर्षीय मानबहादुर गुरुङ रहेका छन्।
दुर्घटनापछि ट्रक चालक भने फरार रहेको र उनको नाम–वतन खुल्न नसकेको प्रहरीले जनाएको छ। ट्रक भने घटनास्थलमै रहेको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा बल उल्टीबाट सशस्त्र प्रहरी नायब निरीक्षक उत्तम कार्कीको कमाण्डमा १० जना तथा जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाबाट प्रहरी निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा १५ जनाको टोली खटिएको थियो। घटनास्थल सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. उल्टीबाट करिब ३.५ किलोमिटर उत्तरतर्फ रहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
ne_NPNepali