Purbi Garjan

दिन: २०८२ माघ २, बिहीबार

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–८ स्थित कब्रिस्थान नजिक हुलाकी लोकमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब ६ बजेको समयमा विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको मार्बल बोकेको ट्रक अनियन्त्रित भई हुलाकी लोकमार्गको पश्चिमतर्फ रहेको मकैबारीमा पल्टिएको हो। दुर्घटनामा ट्रकमा सवार ९ जनामध्ये अगाडि सवार ३ जना सकुशल निस्किएका थिए भने पछाडि सवार ५ जना कामदार ट्रकमा च्यापिएका थिए। घटनापछि विराटनगरबाट आएको एक क्रेन को सहायताले ट्रक निकाल्ने क्रममा पछाडि सवार पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। मृतकहरूलाई पोष्टमार्टमका लागि बिहान ८:२० बजे जिल्ला अस्पताल सुनसरी, इनरुवा…
Read More
ne_NPNepali