Skip to main content

Purbi Garjan

दमक झडप: एमालेका तीन जना घाइते, दुइवटा सुनको सिक्री हरायो

झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उम्मेदवारी मनोनयनको दिन झापा क्षेत्र नं. ५ को दमकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ। घटनामा तीन जना एमाले कार्यकर्ता घाइते भएका छन्।

नेकपा (एमाले) झापा क्षेत्र नं. ५ निर्वाचन क्षेत्र समन्वय समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, निर्वाचन आयोगले तोकेको स्थानभन्दा बाहिर एमालेका क्षेत्रीय अध्यक्ष तथा उम्मेदवार  केपी शर्मा ओलीलाई उम्मेदवारी दर्ता गर्न नदिने नियतले रास्वपाका कार्यकर्ताले संगठित आक्रमण गरेको एमालेले जनाएको छ।

विज्ञप्तिमा रास्वपाका कार्यकर्ताद्वारा गरिएको आक्रमणबाट तीन जना कार्यकर्ता घाइते भएको र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उल्लेख छ। साथै, आक्रमणका क्रममा दुई जना कार्यकर्ताको सुनको सिक्रीसमेत लुटिएको दाबी गरिएको छ।

एमालेले देशभर देखिएको जेनजी उपद्रव, सुरक्षाकर्मीहरूको हतियार बाहिर रहनु र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू खुला रूपमा सक्रिय रहनुजस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। दमकमा भएको घटनाले उक्त आशंकालाई थप पुष्टि गरेको विज्ञप्तिमा भनिएको छ।

पार्टीले निर्वाचनलाई भयमुक्त, शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै समाजमा अराजकता सिर्जना गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

घटनाको जिम्मेवारी रास्वपा र वर्तमान सरकार स्वयंले लिनुपर्ने चेतावनीसमेत एमालेले दिएको छ।
प्रेस विज्ञप्तिमा नेकपा (एमाले) झापा क्षेत्र नं. ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिका संयोजक नारायण प्रसाद गौतमले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali