Purbi Garjan

दिन: २०८२ माघ ७, मंगलवार

दमक झडप: एमालेका तीन जना घाइते, दुइवटा सुनको सिक्री हरायो

दमक झडप: एमालेका तीन जना घाइते, दुइवटा सुनको सिक्री हरायो

झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उम्मेदवारी मनोनयनको दिन झापा क्षेत्र नं. ५ को दमकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ। घटनामा तीन जना एमाले कार्यकर्ता घाइते भएका छन्। नेकपा (एमाले) झापा क्षेत्र नं. ५ निर्वाचन क्षेत्र समन्वय समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, निर्वाचन आयोगले तोकेको स्थानभन्दा बाहिर एमालेका क्षेत्रीय अध्यक्ष तथा उम्मेदवार  केपी शर्मा ओलीलाई उम्मेदवारी दर्ता गर्न नदिने नियतले रास्वपाका कार्यकर्ताले संगठित आक्रमण गरेको एमालेले जनाएको छ। विज्ञप्तिमा रास्वपाका कार्यकर्ताद्वारा गरिएको आक्रमणबाट तीन जना कार्यकर्ता घाइते भएको र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उल्लेख छ। साथै, आक्रमणका क्रममा दुई जना कार्यकर्ताको सुनको सिक्रीसमेत लुटिएको…
Read More
ne_NPNepali