Skip to main content

Purbi Garjan

युवा लहरको उदय : व्यवसायीको आवाज बनेका सन्तोष खवास वाणिज्य उपाध्यक्षको दौडमा

मेचीनगर। युवा व्यवसायी तथा समाजसेवीका रुपमा आफ्नो परिचय बनाएका सन्तोष खवास मेची उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवार बनेसँगै संघको आगामी नेतृत्व चयनमा नयाँ ऊर्जा थपिएको छ। व्यवसायीहरूको हकहितका पक्षमा निरन्तर आवाज उठाउँदै आएका खवासको उम्मेदवारीलाई परिवर्तन र सुधारको संकेतका रूपमा हेरिएको छ।

व्यवसायिक क्षेत्रमा सक्रिय खवासले लामो समयदेखि व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान, राजस्व तथा नीतिगत सुधार, र संघभित्र पारदर्शिता तथा उत्तरदायित्वको अभावजस्ता विषयमा खुला रूपमा धारणा राख्दै आएका छन्। विशेषगरी युवाहरुमाझ लोकप्रिय रहेका उनी समाजसेवामा पनि उत्तिकै सक्रिय रहँदै स्थानीय तहमा विभिन्न सामाजिक गतिविधिमा योगदान दिँदै आएका छन्।

उनले आफ्नो उम्मेदवारीमार्फत व्यवसायमैत्री वातावरण निर्माण, संघभित्र पारदर्शी नेतृत्व विकास, सदस्यहरूको हकहितको सुनिश्चितता तथा संस्थागत सुदृढीकरणलाई मुख्य एजेन्डा बनाएका छन्। “अब युवा नेतृत्व, सक्षम र सबल संस्था” भन्ने मूल नारासहित उनी चुनावी मैदानमा उत्रिएका हुन्।

आगामी बैशाख २६ गते हुने निर्वाचनमा खवासको उम्मेदवारीलाई युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्व परिवर्तनको अवसरका रूपमा समेत विश्लेषण गरिएको छ। व्यवसायीहरूको भरोसा जित्दै संघलाई नयाँ दिशामा लैजाने उनको प्रतिबद्धताले चुनावी माहोललाई थप रोचक बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali